
ओखलढुङ्गा, २७ कात्तिकः तिहार सकिए लगत्तै ओखलढुङ्गाका किसानलाई धान भित्र्याउने चटारो बढेको छ । जिल्लाका मुख्य धान उत्पादन हुने क्षेत्रका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् ।
यहाँका किसानलाई खेतमा पहेँलपुर भएर पाकेको धान काट्न, बिटा लगाउन, पराल कुन्यू लगाउन र धान घरमा भित्र्याउने चटारो बढेको हो । जिल्लाको पिप्लेटारी, चार्खु, मूलघाट, शेर्ना, हर्कपुर, रामपुर, जरायोटार, शिल्खुबेँसी, शेराबेँसी, बाह्रबिसेलगायतका ठाउँमा बढी मात्रामा धान खेती हुँदै आएको छ । तिहार सकिएलगत्तै मौसमलाई ध्यान दिँदै धान भित्र्याउने काममा व्यस्तता बढेको मोलुङ गाउँपालिका–४ जरायोटारका किसान भक्त खत्रीले बताउनुभयो ।
जिल्लामा यस वर्ष कम पानी परेपछि ढीला रोपाइँ भएको थियो । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा तीन हजार ८ सय ३ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |