Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
अन्ताल्या

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २७, शुक्रबार (४८ मिनेट अघि)
Post Thumbnail

अन्ताल्या (टर्किए), २७ कात्तिकः नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ ।

पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार नेपाल र दक्षिण कोरियाबीच उत्सर्जन न्यूनीकरणसम्बन्धी परियोजना विकास तथा अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त उत्सर्जन न्यूनीकरण उपलब्धिको हस्तान्तरण गर्न सकिनेछ । यसबाट अन्तरराष्ट्रिय कार्बन वित्त परिचालन हुनुका साथै जलवायु अनुकूलन तथा न्यूनीकरणका क्षेत्रमा सार्वजनिक र निजी क्षेत्रको लगानी प्रवर्द्धन हुने विश्वास गरिएको छ ।

सम्झौताले नवीकरणीय ऊर्जा, यातायात, उद्योग, भवन, फोहर व्यवस्थापन, कृषि तथा वन क्षेत्रलाई सहकार्यका प्राथमिकता प्राप्त क्षेत्रका रूपमा समेटेको छ । यी क्षेत्रमा जलवायुमैत्री परियोजना विकास, लगानी विस्तार तथा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहन गरिनेछ ।

त्यसैगरी, कार्बन उत्सर्जनको पारदर्शी लेखाङ्कन, अनुगमन, प्रतिवेदन तथा प्रमाणीकरण प्रणाली (एमआरभी), समायोजन प्रक्रिया र उत्सर्जन न्यूनीकरणको दोहोरो गणना रोक्ने व्यवस्थासमेत सम्झौतामा समावेश गरिएको छ । यसले कार्बन कारोबारमा वातावरणीय अखण्डता कायम राख्न तथा अन्तरराष्ट्रिय जलवायु प्रतिबद्धता पूरा गर्न सहयोग पुग्नेछ ।

कार्बन बजारका अतिरिक्त जलवायु विज्ञान, अनुसन्धान, प्राविधिक नवप्रवर्तन, जलवायु अनुकूलन, मिथेन उत्सर्जन न्यूनीकरण तथा न्यायोचित ऊर्जा रूपान्तरणका क्षेत्रमा पनि दुई देशबीच सहकार्य हुनेछ । यसका लागि सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धानकर्ता, लगानीकर्ता तथा निजी क्षेत्रका संस्थाबीच ज्ञान, सीप र प्रविधि आदानप्रदान गरिने सम्झौतामा उल्लेख छ ।

नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ३.० कार्यान्वयन, जलवायु उत्थानशीलता अभिवृद्धि तथा सन् २०४५ सम्म खुद शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न पनि यो सम्झौता महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

सम्झौताको कार्यान्वयन, संयुक्त कार्ययोजना स्वीकृति तथा सहकार्यका गतिविधिको अनुगमनका लागि दुवै देशका सरकारी प्रतिनिधि सम्मिलित जलवायु परिवर्तन सहकार्यसम्बन्धी संयुक्त समिति गठन गरिनेछ । समितिले आवश्यकताअनुसार कार्बन बजार संयन्त्र तथा जलवायु विज्ञान र प्रविधिसम्बन्धी विशेष उपसमितिसमेत गठन गर्न सक्ने व्यवस्था छ ।

जलवायु परिवर्तनका कारण नेपालले बाढीपहिरो तथा हिमाली क्षेत्रमा बढ्दो जोखिमलगायत गम्भीर चुनौती सामना गरिरहेको अवस्थामा यस किसिमको अन्तरराष्ट्रिय साझेदारीले जलवायु वित्त परिचालन, प्रविधि विकास र राष्ट्रिय क्षमता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास नेपाल सरकारले व्यक्त गरेको छ ।

सम्झौताबाट प्राप्त अवसरलाई ठोस लगानी, प्रविधि साझेदारी, क्षमता विकास तथा मापनयोग्य जलवायु उपलब्धिमा रूपान्तरण गर्ने नेपालको अपेक्षा छ ।

यसअघि नेपालले गत वर्ष जे–रेड प्लस कार्यक्रमअन्तर्गत लिफ कोलिसनसँग उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता (इआरपीए) मा हस्ताक्षर गरेको थियो । उक्त कार्यक्रममा दक्षिण कोरिया सरकारसमेत साझेदारका रूपमा सहभागी छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट सहसचिव तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका सम्पर्क व्यक्ति डा महेश्वर ढकाल र दक्षिण कोरिया सरकारका तर्फबाट जलवायु परिवर्तनसम्बन्धी राजदूत तथा विदेश मन्त्रालयका उपमन्त्री जोङ्हो क्युनले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल सरकारले दक्षिण कोरिया सरकारप्रति साझेदारी र प्रतिबद्धताका लागि आभार व्यक्त गर्दै यस सम्झौताले दुवै देशबीच प्रभावकारी, पारदर्शी तथा पारस्परिक लाभमा आधारित जलवायु सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।

  • अन्ताल्या
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • किसानलाई धान भित्र्याउने चटारो

    किसानलाई धान भित्र्याउने चटारो

  • नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

    नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

  • Post Thumbnail

    जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

  • Post Thumbnail

    जलवायु नेतृत्वलाई पहिचान गर्न नेट–जिरो मान्यता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    किसानलाई धान भित्र्याउने चटारो

    किसानलाई धान भित्र्याउने चटारो

    Post Thumbnail

    नयाँं पुस्तालाई अग्रजहरुको सङ्घर्षबारे जानकारी दिनुपर्छः अध्यक्ष बिजुक्छेँ

    Post Thumbnail

    राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

    Post Thumbnail

    नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution