Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

राष्ट्रिय खेलकुद : कोशी प्रदेशस्तरीय महिला क्रिकेट छनोट सुरु

आगामी मंसिरको दोस्रो साता हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय खेलाडी छनोट खेलहरू झापामा सुरु भएका छन् ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २७, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

झापा, २७ कात्तिक : आगामी मंसिरको दोस्रो साता हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय खेलाडी छनोट खेलहरू झापामा सुरु भएका छन् । यस अन्तर्गत प्रदेशस्तरीय महिला क्रिकेट टिमको छनोट प्रतियोगिता आजबाट झापामा सञ्चालन भएको हो । भद्रपुर नगरपालिका वडा नं. ८ स्थित मेची क्याम्पस खेलमैदानमा क्रिक्रेट प्रतियोगिता भइरहेको छ ।

छनोट प्रतियोगितामा झापा, इलाम, मोरङ र उदयपुर गरी चार जिल्लाका टिमहरूको सहभागिता रहेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेलले जानकारी दिनुभयो । छनोट चरणको पहिलो खेल आज मोरङ र उदयपुरबीच तथा दोस्रो खेल झापा र इलामबीच भएको थियो । प्रतियोगिताको छनोट प्रक्रिया शनिबार सम्पन्न हुनेछ ।

झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रवीण थापाका अनुसार यस छनोट प्रतियोगिताबाट १८ जना उत्कृष्ट खेलाडी छनोट गरिनेछन् । छनोट भएका खेलाडीले कर्णाली प्रदेशको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङका अनुसार झापामा क्रिकेट र हक्कीसहित आर्चरी, जुडो र आईटीएफ तेक्वान्दो गरी पाँच विधाका खेल छनोट प्रतियोगिता सञ्चालन हुँदैछन् ।

यस अन्तर्गत हक्की खेलको छनोट प्रतियोगिता भद्रपुर–९ स्थित पुहाँतु ज्योति माध्यमिक विद्यालयको खेल मैदानमा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कँडेलले बताउनुभयो ।

  • इलाम
  • उदयपुर
  • झापा
  • मोरङ
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

  • एनपिएलः चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

    एनपिएलः चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

  • Post Thumbnail

    एनपिएलः साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

  • एनपिएलः कर्णालीद्वारा लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य

    एनपिएलः कर्णालीद्वारा लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

    Post Thumbnail

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    Post Thumbnail

    जलवायु वित्त तीन गुणा बढाउन अतिकम विकसित राष्ट्रको माग

    Post Thumbnail

    राष्ट्रिय खेलकुद : कोशी प्रदेशस्तरीय महिला क्रिकेट छनोट सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution