Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बर्दिया

बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ निवासी १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर–९ कै २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ ।

उहाँको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बोहराले जानकारी दिनुभयो । घाइते भएका दुवैलाई प्रारम्भिक उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको थियो ।

दुवैलाई थप उपचारका लागि भारतको लखनउस्थित समरामेक्स अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा कात्तिक २४ गते बिहान ७ः०० बजे थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पार्थिव शरीर कोहलपुर ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१४प ८६२४ नम्बरको मोटरसाइकल कात्तिक २३ गते बिहान ७ः२५ बजे बढैयाताल गाउँपालिका–८ शीतलाबजारस्थित हुलाकी राजमार्गमा आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको क्षतिग्रस्त मोटरसाइकल प्रहरी चौकी शीतलाबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • बर्दिया
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    विधिपूर्वक गरियो गोवद्र्धन पूजा

  • Post Thumbnail

    आज भक्तपुरमा किजा पूजा गरिँदै

  • Post Thumbnail

    अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

  • विश्वमा बढ्दो तापक्रमले तताएको बहस

    विश्वमा बढ्दो तापक्रमले तताएको बहस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

    Post Thumbnail

    विधिपूर्वक गरियो गोवद्र्धन पूजा

    Post Thumbnail

    यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution