Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ख्वप

आज भक्तपुरमा किजा पूजा गरिँदै

आज भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

ख्वप (भक्तपुर), २४ कात्तिकः आज भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ ।

यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरुसँगको छलफलबाट आज किजा पूजा गर्न लागिएको हो ।

नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा किजा पूजा मनाउने चलन छ । कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने निर्णय गरिएको थियो ।

यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने सम्बन्धमा विभिन्न पात्रो र सरोकारवालाहरुबाट लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा मनाउने तिथिका विषयमा फरक–फरक मितिमा मनाउनेगरी सार्वजनिक भएका समाचारहरूबाट सर्वसाधारणमा अन्योल सिर्जना भएको थियो ।

यसअघि बसको बैठकको निर्णयबमोजिम २०८३ कार्तिक २२ गते आइतबार बिहान १०ः५४ बजेपछि औँसी तिथि प्रारम्भ हुने भएकाले साँझ दीपावली गरी लक्ष्मी पूजा मनाउने, २०८३ कात्तिक २३ गते सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि आरम्भ हुने भएकाले साँझ म्हःपूजा मनाउने र २०८३ कात्तिक २४ गते मङ्गलबार दिनको १२ः४१ बजेपछि द्वितीया तिथि आरम्भ हुने भएकाले साँझ किजापूजा मनाउने निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

किजा पूजा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सुख, समृद्धिको कामना गर्दै पूजा गर्ने पर्व हो । यसलाई नेवार समुदायमा भाइटीकाका रूपमा पनि चिनिन्छ । म्हःपूजाको भोलिपल्ट मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको घरमा पुगी विशेष विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

यसले परिवारका सदस्यबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी माया, विश्वास र सहयोगको भावना अभिवृद्धि गर्ने विश्वास गरिन्छ । किजा पूजाका दिन दिदीबहिनीले पहिले भुइँमा रातो माटो वा लिपन गरिन्छ । त्यसमा चामलको पीठोबाट मण्डल बनाइन्छ । त्यसपछि मण्डलमा दाजुभाइलाई राखेर विधिपूर्वक पूजा गरिन्छ । पूजा गर्दा दाजुभाइको वरिपरि तेलको घेरा बनाउने, बत्ती बाल्ने, विभिन्न सामग्री चढाउने र सगुन दिने गरिन्छ ।

किजा पूजामा बिमिरो, ओखर, मखमली फूलको माला, दुबो, धागो, फलफूल तथा विभिन्न परिकारको महत्व हुन्छ । नेवार समुदायमा अण्डा, माछा, मासु, बारा र रक्सीसमेत समावेश भएको पाँच प्रकारको सगुन दिने परम्परा छ । यसलाई पञ्चतत्वको प्रतिकका रूपमा लिइन्छ ।

दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिइ मखमली फूलको माला र प्रसाद प्रदान गर्छन् । त्यसको बदलामा दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ ।

भक्तपुरकी सुनिता सुवाल किजापूजाको खास अर्थ भाइटीका अर्थात् दिदीले भाइलाई पूजा गर्ने भए पनि भक्तपुरमा बहिनीले दाइलाई पनि पूजा गर्ने परम्परादेखि नै चलन रहेको जानकारी दिनुभयो ।

भक्तपुरका किजा पूजामा फूपूले भतिजहरुलाई पनि पूजा गर्ने चलन छ । यो क्रममा ज्येष्ठताअनुसार पुरुषलाई महिलाले पूजा गर्ने चलन छ । किजा पूजासँग यमराज र यमुनाको पौराणिक कथासमेत जोडिएको बताउनुहुन्छ इतिहासविद् मुक्तिसुन्दर जधारी ।

पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजुलाई मृत्युबाट जोगाउन यमराजसँग विभिन्न सर्त राखी पूजा गर्नुभएको थियो । मखमली फूल नओइलाएसम्म र तेलको घेरा नसुकेसम्म दाजुभाइलाई मृत्युले नछुने विश्वासका साथ पूजा गरिएको कथन उहाँंको छ ।

यही मान्यताका आधारमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै किजा पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ ।

  • ख्वप
  • बारा
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

  • Post Thumbnail

    अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

  • विश्वमा बढ्दो तापक्रमले तताएको बहस

    विश्वमा बढ्दो तापक्रमले तताएको बहस

  • आलेखः बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

    आलेखः बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग

    न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग

    Post Thumbnail

    डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

    Post Thumbnail

    देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution