
पोखरा, २४ कात्तिकः पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
पर्यटकीययाम सुरु भएपछि सङ्ग्रहालयमा विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्राहलयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो । चाडपर्वसँगै सङ्ग्रहालय अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०८३÷८४ को कात्तिक २० सम्म २० हजार ९३८ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन् । उहाँका अनुसार यो चार महिनाको अवधिमा सार्क राष्ट्रका दुई हजार ८६८ र सार्क राष्ट्र बाहेक अन्य देशका छ हजार २९ जना र ४१ जना प्रवासी नेपालीले सङ्ग्रहालय अवलोकन गरेका छन् ।
साउनमा चार हजार ९९९, भदौमा तीन हजार ३४७, असोजमा छ हजार ४०३ र कात्तिक २० गतेसम्म छ हजार १८९ जना स्वदेशी तथा विदेशी पर्यटक सङ्ग्रहालय पुगेको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।
पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको हो । हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ ।
यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायतका विषयमा जानकारी लिन पाउँछन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |