
जुम्ला, २४ कात्तिकः जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय आन्तरिक पर्यटनको दृश्यावलोकनका लागि रोजाइ परेको छ । तालको प्राकृतिक सौन्दर्यले विशेषगरी आन्तरिक पर्यटक आकर्षित बनेको वडाध्यक्ष अर्जुनकुमार महताराले बताउनुभयो ।
समुद्री सतहदेखि चार हजार ८६० मिटर उचाइमा रहेको उक्त ताल चार हजार २८० मिटरमा फैलिएको छ । उक्त ताललाई दूधकुण्ड प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको रूपमा पनि लिने गरिएको छ । ताल नजिकबाट देखिने सुन्दर हिमतालले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको वडाध्यक्ष महताराको भनाइ छ ।
विशेगरी दसैँ–तिहारको विदामा घर आएका आन्तरिक पर्यटक हिमाली मनोरञ्जन र दृश्यावलोकनका लागि त्यहाँ पुग्ने गरेको पाइएको छ । त्यस क्षेत्रमा यात्रुको सहजताका लागि पर्यटकीय पूर्वाधार विकास गर्नसके पर्यटन प्रवर्द्धन र स्थानीयको आयस्तर बढ्न सक्ने अपेक्षा गरिएको वडाध्यक्ष महताराले बताउनुभयो ।
उक्त ताल हिमालको काखमा रहेकाले त्यसमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको त्यहाँ पुगेका तिला गाउँपालिका–१ दलबहादुर परियारले बताउनुभयो ।
पछिल्लो ताल नजिकसम्म पुग्नका लागि गुठिचौर–१ मौरेसम्म सडक निर्माण गरिएको छ । सडक पुगेको स्थानबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदयात्र गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा सहजताका लागि व्यवस्थित पदमार्ग निर्माण गर्न बजेटको आवश्यकता परेको वडा कार्यालयले जनाएको छ ।
पछिल्लो समय तालको अवलोकन, घुमघाम, श्रव्यदृश्य अवलोकन तथा वृत्तचित्र निर्माण गर्नेलगायत प्रयोजनका लागि दैनिक चारदखि पाँच समूहमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको स्थानीयवासी दीपक बोहोराले बताउनुहुन्छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |