
ख्वप (भक्तपुर), २२ कात्तिकः तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पु¥याउन र बिक्री गर्न व्यस्त छन् । महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पु¥याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ ।
भक्तपुरको ताथलीकी कल्पना बनमालाले पुख्र्यौली पेसाका रूपमा मखमली फूलखेती गर्दै आउनुभएको छ । उहाँले यस वर्ष एक रोपनी जग्गामा मखमली फूलखेती गर्नुभएको छ । तिहारमा फूलखेती गर्ने, टिप्ने, माला उन्ने र बजारसम्म पु¥याउने काम निकै झन्झटिलो हुने उहाँ बताउनुहुन्छ ।
फूल बिक्रीका लागि केही व्यापारी घरमै लिन आउने गरे पनि उचित मूल्य नदिने गरेको बनमालाको गुनासो छ । त्यसैले सम्भव भएसम्म घरमै आउने व्यापारीलाई फूल बिक्री गर्ने र बाँकी आफैँ बजारमा लगेर बेच्ने गरेको उहाँले बताउनुभयो ।
“लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म हामी काठमाडौँका विभिन्न ठाउँमा माला लिएर जान्छौँ,” उहाँले भन्नुभयो, “कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोक र कालीमाटीलगायतका स्थानमा वर्षेनी फूल बेच्न जान्छौँ ।”
यस वर्ष अत्यधिक वर्षा भएका कारण फूल उत्पादनमा कमी आएको बनमालाले बताउनुभयो । सामान्य अवस्थामा एक रोपनीमा करिब चार हजार मखमली फूलका माला उत्पादन हुने गरेकामा यस वर्ष जम्मा दुई हजार पाँच सय माला मात्रै उत्पादन भएको उहाँको भनाइ छ । उत्पादन घटेकै कारण यस वर्ष फूलको मूल्य बढेको उहाँले बताउनुभयो । बनमालाका अनुसार अहिले मखमली फूलको एउटा मालाको थोक मूल्य रु ४० रहेको छ ।
तालथीकै अर्का फूल किसान शिवकेशरी बनमालाले यस वर्ष तीन रोपनीमा मखमली र सात रोपनी भाडाको जग्गामा सयपत्री फूलखेती गर्नुभएको छ । विगतमा मखमली फूलखेतीबाट अपेक्षित नाफा नभएपछि सयपत्री फूलको बढ्दो मागलाई ध्यानमा राखेर पहिलोपटक व्यावसायिक रूपमा सयपत्री खेती सुरु गरेको उहाँले बताउनुभयो ।
सयपत्री फूल प्रतिकिलो रु पाँच सयमा बिक्री भइरहेको जानकारी दिँदै बनमालाले यस वर्षको खेतीबाट मनग्य आम्दानी भए अर्को वर्ष पनि खेती विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । मखमली फूल भदौ महिनादेखि टिप्न सुरु गर्ने र त्यही समयदेखि माला उन्ने काम पनि थाल्ने उहाँले बताउनुभयो ।
फूलखेती गर्न उत्तिकै गाह्रो
फूलखेती गर्ने किसानका लागि बजार व्यवस्थापन मात्रै चुनौती होइन । धानखेतीमा भन्दा पनि बढी स्याहार र मेहनत गर्नुपर्ने किसानहरू बताउँछन् । बिरुवा रोपेदेखि फूल फुल्ने बेलासम्म विभिन्न रोग तथा किराको प्रकोपबाट जोगाउनुपर्ने भएकाले विषादी र अन्य कृषि सामग्रीमा समेत लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ ।
फूलको राम्रो रङ र गुणस्तर कायम राख्न पटकपटक औषधि छर्कनुपर्ने तथा फूल टिपिसकेपछि बिरुवामा मल र पोषण थप्नुपर्ने भएकाले पछिल्लो समय फूलखेती झन् कठिन बन्दै गएको किसान शिवलक्ष्मी बताउनुहुन्छ । उत्पादनका लागि गर्नुपर्ने मेहनत, बढ्दो लागत र बजारमा उचित मूल्य नपाउने समस्याले फूल किसानको दुःख कम नभएको उहाँहरूको अनुभव छ ।
फूलका लागि भक्तपुरका ताथली र गुण्डू प्रख्यात छन् । यी दुई वडामा धेरै फूल खेती हुने गर्दछ । ताथली चाँंगुनारायण नगरपालिका–९ मा पर्दछ भने गुण्डू सूर्यविनायक नगरपालिका–७ मा पर्छ । प्रत्येक वर्ष यहाँंका सयौँ किसानले तिहार लक्षित फूल खेती गर्दैआएका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |