
बनेपा (काभ्रे), २२ कात्तिकः काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो ।
पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम÷एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले पुल निर्माण गरिएको बताउनुभयो । पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्याउन तथा आर्थिक गतिविधि बढेको उहाँले बताउनुभयो ।
सत्र महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिनुभयो । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई सहज हुने तथा एम्बुलेन्सलगायतका आपतकालीन सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |