
काठमाडौँ, २२ कात्तिकः थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जुवा खालबाट नौ जना पक्राउ
प्रहरीले बालुवाटारस्थित एक रेष्टुरेन्टबाट आज तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट नौ बुक तास, रु छ लाख ८५ हजार र १० थान मोबाइल बरामद गरिएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |