Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गुल्मी

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (२ घण्टा अघि)
सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी, २२ कात्तिक (रासस)ः बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायीक रुपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आउनु भएको छ ।

महत्राले विगत पाँच वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रुपमा सयपत्री फूल खेती गरेर पर्याप्त आम्दानी लिन थाल्नुभएको हो । गाउँमा बसाइँसराइका कारण प्रयोगविहीन बनेका जग्गालाई सदुपयोग गर्ने उद्देश्यले उहाँले स्थानीयको सहमतिमा रु पाँच हजारमा तीन रोपनी जग्गा भाडामा लिएर हाइब्रिड जातको सयपत्री फूल खेती गर्नुभएको छ । भारतको गोरखपुरबाट रु ८० हजारको बीउ ल्याएर सुरु गर्नुभएको उहाँको व्यवसाय अहिले आम्दानीसँगै गाउँमा कृषि उद्यमको गतिलो उदाहरणसमेत बनेको छ ।

महत्राले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा कुनै समस्या छैन । स्थानीय बलेटक्सारस्थित पैंचो पसलले उहाँले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ । पैंचो पसलले उहाँले उत्पादन गरेको फूल थोकमा प्रतिकिलो रु २२० का दरले १५ क्वीन्टल फूल खरिद गरेर लगिसेको छ ।

महत्राले थोकमा प्रतिकिलो रु २२० र खुद्रामा रु २५० का दरले फूल बिक्री गर्दै आउनुभएको छ । गत वर्ष मात्रै उहाँले रु तीन लाख ५० हजारको फूल बिक्री गर्नुभएको थियो । यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानीसमेत थप बढ्ने महत्राको भनाइ छ ।

सयपत्री फूलको खेती सुरु गरेको करिब ९० दिनमा उत्पादन लिन सकिने महत्रा बताउनुहुन्छ । एक महिना जति मल्चिङ गरेर राख्ने र त्यसपछि ब्याडमा बिरुवा तयार गरेपछि रोप्ने गरिन्छ । बिरुवालाई आवश्यक मल, पानी र नियमित स्याहार गर्न सके पर्याप्त उत्पादन लिन सकिने उहाँ बताउनुहुन्छ ।

अन्य कृषि उपजको तुलनामा फूल खेतीमा कम जोखिम र मनग्य आम्दानी हुने महत्राको अनुभव छ । बाँदरले पनि हानीनोक्सानी नगर्ने र चाँडै कुहिएर खेर नजाने भएका कारण फूल खेतीप्रति आकर्षण बढेको उहाँले बताउनुभयो । फूलमा डढेलो लाग्ने, मुन्टा मर्ने तथा किरा र पुतलीको प्रकोप देखिने समस्या भए पनि समयमै मलजल, भिटामिन र आवश्यक औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने महत्राको भनाइ छ ।

महत्राको बारीमा ढकमक्क फुलेका सयपत्री फूलले उत्पादन र आम्दानी मात्रै बढाएका छैनन्, गाउँको आकर्षणसमेत बढाएका छन् । फूलबारीमा तस्बिर खिच्न र टिकटक बनाउन आउनेको समेत घुइँचो लाग्ने गरेको छ ।

महत्राको व्यवसायमा उहाँको परिवारजनको पनि साथ रहेको छ । उहाँको व्यवसायलाई श्रीमान र छोराबुहारीले पनि सघाउँदै आउनुभएको छ । गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ । मनमा इच्छाशक्ति, परिश्रम र उद्यमशीलता भए गाउँमै बसेर मनग्य आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।

स्थानीयको माग अनुसार अझै तीन क्वीन्टल जति फूल तिहारका लागि राखिदिएको महत्राले बताउनुभयो । उहाँले उत्पादन गरेको फूल प्रतिकिलो रु २२० का दरले बिक्री गर्दा यस वर्ष फूलबाट मात्रै रु तीन लाख ९६ हजार आम्दानी हुने देख्निछ । गत वर्ष रु तीन लाख ५० हजारको फूल बिक्री गर्नुभएकी महत्राले यस वर्ष त्यो भन्दा बढी आम्दानी हुने बताउनुभयो ।

  • गुल्मी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

  • सुन्डीखोलामा पुल निर्माण

    सुन्डीखोलामा पुल निर्माण

  • Post Thumbnail

    राइफलको गोलीसहित एक जना पक्राउ

  • Post Thumbnail

    झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पुर्ख्यौली  सीपबाट आय आर्जन गर्दै

    पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

    फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

    फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

    Post Thumbnail

    सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

    कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

    कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution