
वीरगञ्ज (पर्सा), २२ कात्तिकः पर्साको जगरनाथपुर गाउँपालिकाले विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । गाउँपालिकले वडा नं ५ मसिहानीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत ८५ विद्यार्थीलाई विद्यालय पोसाकका रूपमा कोट र पाइन्ट वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यार्थीलाई कोट र पाइन्ट वितरण गर्दै विद्यार्थीले अध्ययनलाई निरन्तरता दिऊन् भन्ने उद्देश्यले पनि पोसाक वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहित गर्नाका साथै किशोरकिशोरीमा शिक्षाप्रति आकर्षण बढाएर अध्ययनलाई निरन्तरता दिन प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाका तर्फबाट पोसाक वितरण गरिएको हो ।”
विद्यार्थीलाई शिक्षामा पहुँच बढाउन र अध्ययनप्रति उत्साहित बनाउन गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ छ । गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य, कृषि र सडक पूर्वाधार विकाससँगै शिक्षालाई प्राथमिकता दिएको देखिन्छ ।
गाउँपालिकाले २०८३/८४ को नीति तथा कार्यक्रममा गरिब तथा दलित समुदायका बस्तीमा निःशुल्क ट्युसन कक्षा दिने, विद्यार्थीका लागि अनलाइन कोचिङ कार्यक्रम गर्ने, सामुदायिक विद्यालयमा ई–हाजिरी प्रणाली लागू गर्ने र एसइईका विद्यार्थीलाई अतिरिक्त कक्षा तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |