Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नवलपुर

मादलको माग उच्च

युवा मौलिक बाजाहरुप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ । विगत २७ वर्षदेखि मादल बनाउने काममा व्यस्त यहाँका कालीगढ नारायण नेपालीले मौलिक बाजा मादलको माग पुरानै अवस्थामा फर्किएको बताउनुभयो ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

नवलपुर (नवलपरासी), २२ कात्तिक : युवा मौलिक बाजाहरुप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ । विगत २७ वर्षदेखि मादल बनाउने काममा व्यस्त यहाँका कालीगढ नारायण नेपालीले मौलिक बाजा मादलको माग पुरानै अवस्थामा फर्किएको बताउनुभयो ।

विगतका वर्षहरुमा चाडपर्वका समयमा मात्र केही मात्रामा मादलको माग हुने गरेको स्मरण गर्दै नेपालीले अहिले मादलको बजार सदाबहार रहेको र त्यसमा तिहारको समयमा कारोबार बढ्दै गएको बताउनुभयो । “मैले मादल बनाउन सुरु गर्दा मादलको माग राम्रो थियो । नाचगानमा स्पिकर बजाएर गरेर उफ्रिदैनथे”, उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो, “अघिल्लो केही वर्षमा स्पिकरले खाएको मादलको बजार फेरि पुरानै लयमा फर्किएको छ ।”

हिजो आज नाचगानमा स्पिकर बज्ने गरेको भए पनि मादल अनिवार्य जस्तै प्रयोग हुन थालेपछि माग बढ्दै गएको नेपालीले बताउनुभयो । नेपालीको मौलिक तथा परम्परागत बाजाको संरक्षणमा स्थानीय तहले चासो देखाउनु र नयाँ पुस्तामा संस्कृतिप्रति माया बढ्दै जाँदा मादलको कारोबार बढेको हुनसक्ने उहाँको भनाइ छ । “तीन चार वर्ष अगाडिसम्म त मादल व्यवसाय सङ्कटमै जाने अवस्थामा पुगेको थियो”, नेपालीले भन्नुभयो, “अहिले भने राम्रो हुँदै गएको छ, आज–आइतबार) बिहान मात्र मैले १२ वटा नयाँ मादल बिक्री गरिसकेँ ।”

नेपालीलाई मादल बनाउन घरका अन्य दुई जना सदस्यले साथ दिने गरेका छन् । मादल बनाउने कममा तीन जनानै दिनभर व्यस्त रहने गरेको उहाँकी श्रीमती चन्द्रा नेपालीले बताउनुभयो । “हामी तीन जना नै दिनभर मादल बनाउने काममा व्यस्त हुन्छौँ”, मादलमा खरी घोट्दै गर्नुभएकी चन्द्राले भन्नुभयो, “मेरो काम मादलमा खरी घोट्ने मात्र हो, उहाँहरु दुई जनाले भने मादल तयार पार्ने काम गर्नुहुन्छ ।”

काम बाँढेर गर्दा सहज हुने गरेको चन्द्रको भनाइ छ । मादल बनाउने काम सहज नभएको भन्दै चन्द्राले एउटा मादल तयार पार्न कम्तीमा तीन घण्टा लाग्ने गरेको बताउनुभयो । “मादल बनाउन आवश्यक पर्ने सबै सामान हामीले बाहिरबाट किनेर ल्याउने गरेका छौँ”, उहाँले भन्नुभयो, “मादल बनाउन आवश्यक पर्ने केही सामान पोखरा, केही काठमाडौँ तथा केही सामान भारतबाट समेत ल्याउने गरेका छौँ ।”

यहाँको अर्को मादल पसल राधाकृष्ण म्युजक सपका सञ्चालक दिनेश नेपालीले विगतको तुलनामा यस वर्ष मादलको कारोबार बढेको बताउनुभयो । विगतका तिहारमा सुनसान जस्तै हुने मादल पसलमा अहिले भने ग्राहकको चहलपहल बढेको उहाँको भनाइ छ । मौलिक बाजामा नयाँ पुस्ताको ध्यान केन्द्रित हुँदा पुनःनेपाली परम्परा, संस्कार, सँस्कृतिसँगै यससँग सम्बन्धित व्यवसायमा आशाको किरण छाएको उहाँले बताउनुभयो ।

“विगतका तिहारमा डेगमा हिन्दी गीत बनाउँदै युवायुवती नाच्ने तथा मादल बजाउँदै देउसीभैलो खेल्ने आफ्नो संस्कृति भुल्दा यो व्यवसायमा मन्दी आएको थियो”, उहाँले भन्नुभयो, “अहिले भने मादल किन्न तथा बनाउन आउने ग्राहकमध्ये अधिकांश युवा पुस्ताकै रहेका छन् ।”

मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहनुभएका नेपालीले आफ्नो बुबाबाट मादल बनाउन सिक्नु भएको थियो । उहाँको यो पुस्तौली पेसा हो । उहाँले यहाँ बनाएका मादल नवलपुरसहित चितवन, तनहुँ, लमजुङ तथा पोखरासम्म जाने गरेका बताउनुभयो ।

घोषणा मादल पसलकी शान्तमाया बसेलले मादल व्यवसायले फेरि आशा जगाएको बताउनुभयो । “कोरोना सङ्क्रमण भन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्री, स्वस्थानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो । कोरोना पछाडि भने मादल व्यवसाय नै सङ्कटमा पर्ने चिन्ता थियो”, उहाँले भन्नुभयो, “गत वर्षबाट बढ्न थालेको मादलको कारोबार यस वर्ष भने कोरोनाको समयको भन्दा पहिलेकै अवस्थामा पुगिसकेको छ ।”

पछिल्लो एक वर्षदेखि बढेको मादलको कारोबार मादल कारोबारलाई यथावत अवस्थामा राख्नका लागि मादल बनाएर मात्रभन्दा पनि मौलिक बाजा मादलको संरक्षणमा तीन वटै तहका सरकार लाग्नुपर्ने बताउनुभयो । विगत १० वर्षदेखि पसल सञ्चालन गर्दै आउनुभएका शान्तमायाका श्रीमान् विष्णुकुमार बसेलले विद्यालय, सङ्घ–संस्था, मन्दिर, भजनकीर्तन समूह एवम् व्यक्तिगत प्रयोजनको लागि मादल खरिद हुने गरेको छ ।

यहाँको बजारमा रु दुई हजार ५०० देखि रु आठ हजार मूल्यसम्मका मादल तथा रु १४ हजारसम्मका ढोलक (नेवारी समुदायमा प्रयोग हुने ठूलो मादल) बिक्री वितरण हुँदै आएका छन् । मादल बनाउन प्रयोग हुने सामग्री नेपालमै उत्पादन हुने भए पनि पछिल्लो समय भारतबाट आयाति रिङलाई समेत मादललाई आकर्षक देखाउन प्रयोग हुने गरेको छ ।

  • काठमाडौँ
  • चितवन
  • तनहुँ
  • नवलपरासी
  • नवलपुर
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

  • भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

    भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

  • Post Thumbnail

    आलेखः ‘वी वान्ट क्लाइमेट जस्टिस’

  • Post Thumbnail

    मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राइफलको गोलीसहित एक जना पक्राउ

    Post Thumbnail

    झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद

    Post Thumbnail

    मादलको माग उच्च

    चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

    चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution