Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

बागेश्वरीमा सामूहिक गौपूजा सुरु

भरतपुर महानगरपालिका–१ स्थित बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आजदेखि सामूहिक गौपूजा सुरु भएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २२ कात्तिकः भरतपुर महानगरपालिका–१ स्थित बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आजदेखि सामूहिक गौपूजा सुरु भएको छ ।

हरेक वर्ष तिहारका अवसरमा सामूहिक गौपूजा आयोजना गर्दै आएको परिषद्ले यस वर्ष पनि तीनदिने विशेष कार्यक्रम आयोजना गरेको हो । आजदेखि सुरु भएको कार्यक्रम २४ कात्तिकसम्म सञ्चालन हुनेछ । कार्यक्रममा गौपूजा, गोवर्द्धन पूजा, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गरिनेछ ।

परिषद्का कार्यकारी अध्यक्ष अशोक पोखरेलले गौसेवा, संरक्षण र संवद्र्धनलाई धार्मिक आस्थासँगै जोडेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आयस्रोतभन्दा पनि यो आफैँमा नितान्त एउटा धर्मसंस्कृतिको रक्षाका लागि गाई, लक्ष्मीपूजा र गोवर्द्धन पूजाको रूपमा अगाडि बढाएका छौँ । भक्तजनहरू यहाँ आएर पूजा तथा गाईका लागि दान गर्न सक्नुहुनेछ ।”

उहाँका अनुसार परिषदमा अहिले माडीबाट ल्याएर सुरु गरिएको स्थानीय प्रजातिका करिब २८५ देखि ३०० वटासम्म गाई तथा बाच्छाबाच्छी छन् । तर केन्द्रमा गाईलाई दाम्लोले बाँध्ने प्रचलन छैन । उहाँले भन्नुभयो, “गुरुले बाँध्न हुन्न भन्नुहुन्थ्यो, त्यही भएर बाँधिएको छैन । हामीसँग अहिले साना बाच्छाबाछी गरेर ३०० हाराहारीमा सो प्रजातिका गाईहरू हुनुहुन्छ ।”

राष्ट्रगुरु योगी नरहरिनाथको पहलमा विसं २०४२–४३ तिर गौसंरक्षणको काम सुरु भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले गौसेवा तथा संरक्षणमा दाताहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तीनदिने कार्यक्रममा भक्तजनको सहभागिताबाट गाईको आहार तथा पोषण व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

अध्यक्ष पोखरेलले भन्नुभयो, “यो विशेष बृहत् कार्यक्रममा धेरै जनाको उपस्थिति भएर गाईका लागि पनि केही रकम सङ्कलन हुन्छ कि अथवा पोषण र आहारका लागि केही व्यवस्था गर्न सकिन्छ कि, तीन दिनको प्रयासबाट वर्ष दिनको आहार जुट्न सक्ने परिस्थिति सिर्जना हुन्छ कि भन्ने सोचेका छौँ ।” गाईको आहार व्यवस्थापनमा सहयोग जुटाउने कार्यक्रमले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस वर्ष परिषद्ले मकै र भेलीबाट तयार पारेको विशेष पिँडोे गाईलाई खुवाउने व्यवस्था मिलाइएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तजनले आफूले ल्याएको प्रसाद परिषद्लाई बुझाउने र परिषद्ले उपलब्ध गराएको पिँडो गाईलाई खुवाउने व्यवस्था गरिएको छ ।

परिषद्का संरक्षक शान्तप्रसाद पोखरेलले राष्ट्रगुरु योगी नरहरिनाथको गौसेवा अभियानलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रगुरु योगी नरहरिनाथ स्मरण गर्न चाहेँ, जसले यो विधालाई स्थापित गर्न, यो मात्र विधा हैन नेपालभरिका गौको संरक्षण, संवर्द्धनका लागि खट्नुभयो । त्यो विधामा योगीजीले माडीबाट सात वटा गाई ल्याएर संरक्षण अभियान सुरु गर्नुभएको थियो ।”

संरक्षक पोखरेलले केन्द्रमा रहेका करिब ३०० गाईको पालनपोषण तथा गौसेवामा दानवीरहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गौसंरक्षण अभियानभन्दा पनि गौसेवा अभियानमा योगदान पु¥याउनुभएको छ, उहाँहरूको योगदानलाई तपाईंहरूमार्फत राष्ट्रसामु पु¥याउन चाहन्छौँ ।”

समाजसेवी एवं परिषद्का शुभेच्छुकका रूपमा गौसंरक्षणमा सहयोग गर्दै आउनुभएका कैलास कोइरालाले वर्तमान समयमा गौसंरक्षणको महत्व बढ्दै गएको बताउनुभयो । उहाँले गौपालनका लागि आवश्यक आर्थिक व्यवस्थापनमा भक्तजनको सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै आर्य धार्मिक पूजाआजामा सहभागी भई गौसेवामा समेत योगदान पु¥याउन सबैलाई आग्रह गर्नुभयो । भक्तजनको सहभागिताले गौपालन तथा संरक्षण अभियानलाई थप टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रमअन्तर्गत तीन दिनसम्म दैनिक छ घण्टा भजनकीर्तन गरिने परिषद्ले जनाएको छ ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मेचीनगरबाट चार जना सडक मानवको उद्धार

  • फूल बेचेरै तिहार खर्चको जोहो

    फूल बेचेरै तिहार खर्चको जोहो

  • भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

    भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

  • ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

    ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मेचीनगरबाट चार जना सडक मानवको उद्धार

    Post Thumbnail

    डिडिसीको बिक्री कक्ष भरतपुरमा

    Post Thumbnail

    पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

    Post Thumbnail

    इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution