Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ ।
रासस ३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (५५ मिनेट अघि)
भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

भक्तपुर, २२ कात्तिकः यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ ।

यसै क्रममा आज भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा कुकुर तिहारका अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गरेको छ ।

प्रदर्शनीमा कुकुरहरुले दौड प्रतियोगिता, बेपत्ताको खोजी, शङ्कास्पद वस्तुको निगरानी एवं पहिचान, अपराधीको गन्धबाट खोजी, हाई जम्पलगायत विभिन्न कला प्रदर्शन गरिएको थियो । गुल्ममा रहेको सबै कुकुरको आज एकैसाथ पूजा गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुर कतव्यनिष्ठ इमान्दार पशुका रुपमा लिइने र भैरबका वाहनका रुपमा यसलाई पुजिने बताउनुभयो ।

उहाँले मानिसभन्दा एक लाख गुणा बढी कुकुरमा सँुघ्न सक्ने क्षमता रहेकाले कतिपय अपराधका घटनामा सँुघेर पत्ता लगाउन यहाँका तालिमप्राप्त कुकुरको प्रयोग गरिने बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, वडाका वडाध्यक्षहरु, नेपाली सेनाका विभिन्न गुल्ममा गुल्मपतिहरुलगायतले कुकुरको कला प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

गुल्मपति सेनानी निज महराले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुन सक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरूको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरूको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो ।

यस गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा पनि कुकुर प्रयोग गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।

हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रूपमा पनि लिने गरिन्छ भने कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने इमान्दार जनावरका रूपमा लिइन्छ ।

कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ ।

भैरवको वाहनका रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

  • नेपाली सेना
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • फूल बेचेरै तिहार खर्चको जोहो

    फूल बेचेरै तिहार खर्चको जोहो

  • Post Thumbnail

    बागेश्वरीमा सामूहिक गौपूजा सुरु

  • ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

    ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

  • प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

    प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    Post Thumbnail

    यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

    फूल बेचेरै तिहार खर्चको जोहो

    फूल बेचेरै तिहार खर्चको जोहो

    भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

    भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution