
चितवन, २२ कात्तिकः भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाअध्यक्ष कमलबहादुर मल्लले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।
बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुने छ । दूध, दही, घीउ, पनिर, चिजलगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा जनरल स्टोर्सका सञ्चालक प्रदीप पण्डितले बताउनुभयो । नागरिकको सुविधा र गुणस्तरका लागि बिक्री कक्ष सुरु गरेको उहाँले बताउनुभयो संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेको एक सार्वजनिक संस्थान हो । यसले ग्रामीण क्षेत्रका किसानहरूबाट दूध सङ्कलन गरी विभिन्न दुग्धजन्य उत्पादनहरू तयार पार्छ र सहरी क्षेत्रका उपभोक्ताहरूलाई आपूर्ति गर्दछ ।
संस्थानका महाप्रबन्धक पाण्डेले चितवनका विभिन्न क्षेत्रमा गरी संस्थानको मात्र उत्पादन बिक्री गर्ने १० वटा बिक्री कक्ष तीन महिना भित्रमा सञ्चालनमा ल्याउने बताउनुभयो । जिल्लाको भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडीमा कक्ष सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो । डिडिसीको उत्पादन मात्र बिक्री हुने कक्ष देशभरमा हालसम्म ३५ छन् ।
हाल काठमाडौँको बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा संस्थाको दुग्ध प्रशोधन उद्योग छ । निकट भविष्यमा पोखरामा उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । हाल संस्थानले दैनिक ३५ हजार लिटर दूध सङ्कलन गरी प्रशोधन गरेर बजार पठाउने गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |