Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगञ्ज

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

वीरगञ्ज (पर्सा), २२ कात्तिकः जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ ।

सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ । अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था र सेवाग्राही महिलाको सुविधालाई ध्यानमा राख्दै स्तनपान कक्षसमेत स्थापना गरेको छ । अदालतमा जफत भएका दुईवटा सवारीसाधन कार्यालयकै नाममा दर्ता गराउने प्रक्रिया अघि बढाउनाका साथै अदालतको भौतिक पूर्वाधार थप व्यवस्थित बनाउन नौ कट्ठा जग्गा प्राप्तिसम्बन्धी काम पनि अगाडि बढाइएको छ ।

त्यसैगरी, अदालत परिसरमा रहेको खाली स्थानलाई उपयोग गर्दै कम्प्युटर अपरेटर कक्षको व्यवस्था गरिएको छ भने भौतिक पूर्वाधार सुधारअन्तर्गत सबै इजलासमा एसी जडान गरिएको छ भने अदालत भवनको रङ्गरोगन तथा सौन्दर्यीकरण गरिएको छ ।

रजिस्ट्रार तथा स्रेस्तेदार मल्लिकले अदालतमा आउने सेवाग्राही, न्यायाधीश तथा कर्मचारीलाई सहज वातावरण उपलब्ध गराउनाका साथै न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले सुधारका कामलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

अदालतमा भइरहेको सुधारका कामले न्यायिक सेवा लिन आउने सर्वसाधारणलाई सहजता प्रदान गर्ने र अदालतको सेवा प्रवाहलाई थप सेवाग्राहीमैत्री बनाउने अपेक्षा अदालतको छ । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति विवरणअनुसार अदालतले ५७.६८ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो । अदालतका अनुसार दुई वर्ष नाघेका विचाराधीन मुद्दा २४०, अठार महिना नाघेका मुद्दा ३३, बालबालिकासम्बन्धी कुल मुद्दा ८२, बालबालिकासम्बन्धी फछ्र्योट ५४ र बालबालिकासम्बन्धी बाँकी २८ मुद्दा छन् ।

  • पर्सा
  • वीरगञ्ज
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

    भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

  • Post Thumbnail

    आलेखः ‘वी वान्ट क्लाइमेट जस्टिस’

  • Post Thumbnail

    मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

  • नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

    नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    Post Thumbnail

    मेचीनगरबाट चार जना सडक मानवको उद्धार

    Post Thumbnail

    डिडिसीको बिक्री कक्ष भरतपुरमा

    Post Thumbnail

    पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution