Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिनुभएको छ । सङ्घीय सरकारका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबीच आज मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उहाँले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (२ घण्टा अघि)
कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

कर्णाली, २० कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिनुभएको छ । सङ्घीय सरकारका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबीच आज मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उहाँले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “कर्णालीमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता गम्भीर खराब सूचाङ्कहरूलाई सुधार गर्न सङ्घीय सरकारले नियमितभन्दा पनि विशेष प्रकृतिका कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्छ ।” सङ्घीय सरकारका मन्त्री स्वयं कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्नुहुने र यहाँको वास्तविकताबारे अवगत भएकाले यस विषयमा विशेष चासो मुख्यमन्त्री शाहीले आग्रह गर्नुभयो ।

त्यसैगरी, हालैका वर्षहरूमा ठूलो चुनौतीका रुपमा देखापरेको किशोर-किशोरीहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री शाहीले यस क्षेत्रमा ठोस पहल गर्न मन्त्री बादीको ध्यानाकर्षण गराउनुभयो । भेटघाटमा मन्त्री बादीले कर्णालीको समग्र सुधारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताउनुभयो । उहाँले हाल कर्णालीमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेकोसमेत जानकारी गराउनुभयो ।

सोही भेटघाटमा प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले यहाँको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि काम भइरहेको जनाउँदै सङ्घीय सरकारको निरन्तर सहकार्य र प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता बैठक तथा भेटघाटहरूलाई नियमित र परिणाममुखी बनाउनुपर्ने धारणा राख्नुभयो ।

  • कर्णाली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

  • Post Thumbnail

    कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

  • Post Thumbnail

    कोप-३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ: मन्त्री चौधरी

  • बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

    बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका निर्णय

    Post Thumbnail

    डिजिटल वित्तीय प्रणाली सुरक्षित गर्न एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना

    Post Thumbnail

    ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution