Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुर

सभामुख यादवद्वारा भूतही लिग क्रिकेट प्रतियोगिताको उद्घाटन

मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले खेलकुदको विकाससँगै ग्रामीण क्षेत्रका प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

जनकपुर, १७ कात्तिकः मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले खेलकुदको विकाससँगै ग्रामीण क्षेत्रका प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मिथिला बिहारी नगरपालिका–१ मा आयोजित भूतही लिग क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै सभामुख यादवले खेलाडी राष्ट्रको गौरव भएको उल्लेख गर्नुभयो । देश सङ्घीयतामा गएपछि ग्रामीण क्षेत्रमा खेलकुद तथा खेलाडीप्रति सम्मान र आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

सभामुख यादवले खेलकुदले युवामा अनुशासन, आपसी सद्भाव र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नुका साथै राष्ट्रिय पहिचान स्थापित गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मिथिला बिहारी नगरपालिका–१ का कार्यवाहक अध्यक्ष अजय यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगरप्रमुख राजेन्द्र यादव र प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

मिथिला बिहारी नगरपालिका–१ को आयोजना तथा श्री महारानी माई क्रिकेट टोलीको संयोजनमा सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाका विभिन्न वडाका ३२ वटा क्रिकेट टोली सहभागी रहेको युवा अभियन्ता सन्तोषकुमार मण्डलले जानकारी दिनुभयो ।

प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

  • जनकपुर
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत

  • व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

    व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

  • सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

    सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

  • एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १७ गते मंगलबार

    २०८३ कात्तिक १७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण

    Post Thumbnail

    बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत

    Post Thumbnail

    हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छः अध्यक्ष राई

    Post Thumbnail

    रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution