
गुल्मी, १७ कात्तिकः पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।
सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठूलो चट्टान खसेपछि सोमबार अपरान्हदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो । सडकमा ठूलो चट्टान खसेका कारण एक्साभेटरको सहायताले तत्कालका लागि उक्त चट्टानको केही भाग फुटाएर यातायात सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
अवरुद्ध सडक सुचारु गर्न सडक डिभिजन कार्यालय र सत्यवती गाउँपालिकाले दिनभर प्रयास गरेका थिए । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डले आज बिहानैदेखि पहिरो गएको स्थानमा जेसिभी र ब्रेकर परिचालन गरी चट्टान फुटालेपछि एकतर्फी भए पनि सडक सुचारु गरिएको बताउनुभयो ।
चाडपर्वको समयमा मुख्य सडक अवरुद्ध हुँदा अलपत्र परेका त्यस क्षेत्रका यात्रु आज बेलुकीदेखि आआफ्नो गन्तव्यतिर लागेका छन् । गुल्मीको रुद्रबेणी हुँदै बाग्लुङको बुर्तिवाङ जोड्ने उक्त सडक यस क्षेत्रको अति व्यस्त सडकखण्डअन्तर्गत पर्दछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |