Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ओखलढुङ्गा

व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित गोल्डकपमा आज भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि सप्तरङ्गी युवा समूह फोकुललाई ट्राइब्रेकरमार्फत पेनाल्टी सुटआउटबाट ५–४ गोल अन्तरले पराजित गर्दै ज्वालामुखीले उपाधि चुमेको हो ।
रासस ११२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (५२ मिनेट अघि)
व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

ओखलढुङ्गा, १७ कात्तिकः दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित गोल्डकपमा आज भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि सप्तरङ्गी युवा समूह फोकुललाई ट्राइब्रेकरमार्फत पेनाल्टी सुटआउटबाट ५–४ गोल अन्तरले पराजित गर्दै ज्वालामुखीले उपाधि चुमेको हो ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नाराका साथ राष्ट्रिय गीतका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) को जन्मथलोमा नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको प्रतियोगितामा विजेता ज्वालामुखी युवा समूहले रु तीन लाख ३३ हजार ३३३ र उपविजेता बनेको सप्तरङ्गी युवा समूहले रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको ा सेमिफाइनमा पुगेका दूधकौशिका आधारभूत विद्यालय र मानेभञ्ज्याङ युवा समूहलाई रु ८० हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी सोही प्रतियोगितासँगै समावेशी खेलका रुपमा आजै सम्पन्न तेस्रो रूपा स्मृति महिला फुटबलको उपाधि ओखलढुङ्गाले जितेको छ । ओखलढुङ्गा र खोटाङबीच भएको फाइनल प्रतिस्पर्धामा गोल हुन नसकेपछि ट्राइब्रेकरमार्फत पेनाल्टी ३–१ गोल अन्तरले ओखलढुङ्गा विजयी बनेको हो ।

महिलातर्फको विजेता ओखलढुङ्गाले रु २५ हजार र उपविजेता खोटाङले रु १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । यही कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताका बिजेतालाई नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडा, राष्ट्रिय गाीतका सर्जक व्याकुल माइलालगायतले पुरस्कार वितरण गरेका थिए । विक्रम संवत् २०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताका लागि स्थानीय मानेभञ्ज्याङ गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । बाढीका कारण क्षतिग्रस्त बनेको खेलमैदान मर्मतसम्भार गरी व्यवस्थित बनाएपछि यस वर्ष खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

  • ओखलढुङ्गा
  • खोटाङ
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    सभामुख यादवद्वारा भूतही लिग क्रिकेट प्रतियोगिताको उद्घाटन

  • सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

    सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

  • एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

  • Post Thumbnail

    एनपिएल : पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १७ गते मंगलबार

    २०८३ कात्तिक १७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छः अध्यक्ष राई

    Post Thumbnail

    रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

    व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

    व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

    Post Thumbnail

    सभामुख यादवद्वारा भूतही लिग क्रिकेट प्रतियोगिताको उद्घाटन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution