
दाङ, १७ कात्तिकः लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ ।
परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२, कोठरीकी छ वर्षीया कृतिका चौधरीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार अभिभावकसँग जखेरा ताल पुगेकी कृतिका तालको किनारबाट माछालाई दाना खुवाउने क्रममा चिप्लिएर तालमा खसेकी थिइन् । बालिका तालमा खसे लगत्तै उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाको शव परीक्षणका लागि लमही अस्पतालमै राखिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |