Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी र किसानबीच समन्वय तथा सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम, १७ कात्तिकः सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी र किसानबीच समन्वय तथा सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा सङ्घीय कृषि, वन तथा पर्यावरण मन्त्रालयको आयोजना तथा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा आज कैलालीको धनगढीमा आयोजित ‘कृषि, पशुपन्छी तथा जडीबुटी बिमासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रममा सहभागीले यस्तो जोड दिएका हुन् ।

कृषि क्षेत्रमा प्राकृतिक विपद्, रोग तथा अन्य जोखिमका कारण किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था रहेकाले बिमाको पहुँच विस्तार र कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ थियो । बिमा प्रिमियमको ८० प्रतिशत सङ्घीय सरकार र २० प्रतिशत प्रदेश सरकारले बेहोर्ने व्यवस्था हुँदासमेत सुदूरपश्चिममा किसानको आकर्षण नबढेको भन्दै वक्ताहरूले बिमाको महत्त्व र आवश्यकताबारे गाउँगाउँमा सचेतना फैलाउनुपर्ने बताएका थिए ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले प्रदेशको ठूलो भूभाग हिमाली क्षेत्रमा पर्ने भएकाले जुनसुकै बेला भोटेकोशी र बूढीगण्डकीमा जस्तै विपद् आउन सक्ने बताउनुभयो । उहाँले जोखिमको नक्साङ्कन गरी सोहीअनुसार बिमा गर्नुपर्नेमा जोड दिँदै किसानलाई उत्प्रेरित गर्न वडा तहसम्म सचेतना कार्यक्रम विस्तार र प्रविधिको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव डा हरिबहादुर केसीले ‘कृषि, पशुपन्छी र जडीबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ अनुसार गत भदौदेखि यससम्बन्धी सम्पूर्ण अधिकार प्रदेशमा हस्तान्तरण भएकाले सोहीअनुसार काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । अधिकार कार्यान्वयनका क्रममा देखिने समस्या समाधान गर्न सङ्घीय सरकार तयार रहेको उल्लेख गर्दै उहाँले बिमा कार्यक्रमको प्रभावकारिता बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रदेशको कृषि मन्त्रालयका निमित्त सचिव श्यामसिंह खड्काले कृषि बिमालाई कल्याणकारी अवधारणाका रूपमा बुझ्नुपर्ने बताउँदै प्रदेश सरकारले सोही आधारमा प्रिमियममा २० प्रतिशत साझेदारी गर्दै आएको जानकारी दिनुभयो । उहाँले विगतमा देखिएका समस्या र चुनौतीका आधारमा समाधानका उपाय खोज्नुपर्ने उल्लेख गर्दै त्यसका लागि सबै पक्षसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

अभिमुखीकरणमा सहभागी किसान तथा अन्य सरोकारवालाले बिमा कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कन, बिमा दाबी भुक्तानीमा सहजीकरण, बिमासम्बन्धी सचेतना अभिवृद्धि, दुर्गम क्षेत्रका समस्या सम्बोधन गर्न फरक नीति अवलम्बन र बिमा अभिकर्ताको कमिसन वृद्धि गर्नुपर्ने सुझाव दिएका थिए ।

बिमा कार्यक्रमलाई कागजमा सीमित नराखी वास्तविक किसानको जोखिम न्यूनीकरण र आर्थिक सुरक्षासँग जोड्नुपर्ने तथा सुदूरपश्चिमका दार्चुला, बैतडीलगायत बिमाको पहुँच कम भएका क्षेत्रमा लक्षित गतिविधि सञ्चालन गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

कार्यक्रममा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रम, कार्यविधिमा गरिएको व्यवस्था, हालसम्मको अवस्था तथा सरोकारवालाको भूमिकालगायत विषयमा विज्ञहरूले प्रस्तुतीकरण गरेका थिए । अभिमुखीकरणमा सङ्घीय तथा प्रदेश मन्त्रालय र मातहतका निकाय, नेपाल बिमा प्राधिकरण, यूएनडीपी लगायत संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

  • कैलाली
  • दार्चुला
  • बैतडी
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

  • कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी

    कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी

  • Post Thumbnail

    मुख्यमन्त्री शाही र राजदूत बासबीच शिष्टाचार भेट

  • Post Thumbnail

    तिहारको साइत : कात्तिक २५ गते ११ः०७ बजे भाइटीका उत्तम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १७ गते मंगलबार

    २०८३ कात्तिक १७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

    व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

    व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

    Post Thumbnail

    सभामुख यादवद्वारा भूतही लिग क्रिकेट प्रतियोगिताको उद्घाटन

    Post Thumbnail

    पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution