Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै लगानी बढाउने बताउनुभएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

दाङ, १७ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै लगानी बढाउने बताउनुभएको छ ।

नेपाल नेत्रज्योति सङ्घले आज लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कार्बन उत्सर्जनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले आँखा उपचार सेवाको पहुँच सबै नागरिकसम्म पुर्‍याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताउनुभयो । सङ्घले तयार पारेको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा पनि प्रदेश सरकारले प्राथमिकता दिने उहाँको भनाइ थियो ।

सङ्घको अध्ययनअनुसार लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना अन्धोपनबाट प्रभावित छन् । यस उमेर समूहमा दुवै आँखाको अन्धोपनको दर १.७ प्रतिशत छ । त्यस्तै, ६/१२ भन्दा कम दृश्य तीक्ष्णता भएका दुई लाख सात हजार ९५७ जना रहेका छन् ।

अध्ययनले विशेषगरी ग्रामीण तथा विपन्न समुदायमा आँखा उपचार सेवाको पहुँच असमान रहेको, दक्ष जनशक्तिको अभाव रहेको तथा उपचारपछिको अनुगमन प्रणाली कमजोर रहेको औँल्याएको छ ।

लुम्बिनी प्रदेशका पाँच र कर्णाली प्रदेशको एक गरी छ वटा अस्पतालमा गरिएको कार्बन उत्सर्जनसम्बन्धी अध्ययनले अस्पताललाई वातावरणमैत्री बनाउन बायोग्यास, इन्डक्सन र सौर्य ऊर्जाको प्रयोग बढाउन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

  • स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः  मुख्यमन्त्री थापा

    स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

  • Post Thumbnail

    घरको माया नपाउँदा बालश्रम र बेचबिखनमा पुग्न बाध्य बालबालिका

  • आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

    आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १७ गते मंगलबार

    २०८३ कात्तिक १७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    छठका लागि सरसफाइ गरिँदै घाट

    Post Thumbnail

    हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

    Post Thumbnail

    निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान

    Post Thumbnail

    तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution