Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

झापा, १५ कात्तिकः चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ ।

मेचीनगर नगरपालिका-१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहनुभएको छ । “हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु”, उहाँले भन्नुभयो, “घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।”

हरेक बिहान ५ः०० बजेतिर उहाँ भक्का बनाउने भाडाकुडा, चुल्हो, दाउराको बिटो र सालको पातको पोको लिएर घरबाट बजारसम्म धाउनुहुन्छ । उहाँले सालको हरियो पातमा दिने तातो भक्का चखिलो अचारसँग चोभेर खाँदा ग्राहकले स्वादिलो मान्ने गरेका छन् । चामलको पीठोलाई बाफमा पकाएर भक्का बनाउने गरिएको छ । उसिनेको खानेकुरा भएकाले यसमा चिल्लो र अन्य कुनै पनि मिसावट हुँदैन । चिया र अचारसँग यो परिकार खाने चलन छ ।

मेचीनगर-१० की अम्ला राजवंशीले पनि विगत डेढ दशकदेखि खयरडाँगी चोकमा भक्का बेच्दै आउनुभएको छ । उहाँले दैनिक १५ किलोसम्म चामलको पीठोको भक्का बिक्री गर्ने गरेको बताउनुभयो ।

प्रातकालीन पदयात्रामा हिँड्ने मानिसहरु नै उहाँको पसलमा भक्का खाने नियमित ग्राहक हुन् । बालबालिका र वृद्धवृद्धासमेत भक्का खान पसलमा झुम्मिने गरेको उहाँले बताउनुभयो । “बिहानको चार/पाँच घण्टा त हो नि भक्का बेच्ने, दिउँसो अरु काम धन्धामा लाग्न समय मिलिहाल्छ”, उहाँले भन्नुभयो, “महिनामा रु ५० देखि रु ७५ हजारसम्मको भक्का बिक्री हुन्छ । यसबाट आधाभन्दा बढी नाफा भइहाल्छ ।”

जाडोयाममा माग बढ्ने हुँदा कात्तिकदेखि फागुनको पहिलो हप्तासम्म भक्काको व्यापार फस्टाउने गरेको स्थानीय व्यापारी बताउँछन् । झापाको राजमार्ग उत्तरको तुलनामा दक्षिणी क्षेत्रमा भक्का बिक्री गर्ने पसलको सङ्ख्या धेरै देखिने गरेको छ । भक्काको व्यापारले हजारौँ आदिवासी महिलालाई स्वरोजगार र आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ । नयाँ पुस्ता भने भक्काको व्यापारमा आकर्षित देखिएका छैनन् ।

“झापाको गल्ली र चोकमा जाडो सिजनमा जताततै भक्का खान पाइदोरहेछ”, मेची बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गर्नुभएकी तेह्रथुमको फेदाप-१ की १९ वर्षीया रमिला लिम्बूले भन्नुभयो, “भद्रपुरमा हामी हरेक बिहान क्याम्पस जानुअघि चियासँगै भक्काको खाजा खाने गर्छौँ । बिरे नुन मिसाएको टमाटर र खुर्सानीको अचारसँग भक्का चोभेर खाँदा गज्जबको स्वाद मिल्छ ।”

विद्यालय र क्याम्पस जाने विद्यार्थी र बिहानी पदयात्रा गर्ने सर्वसाधारण भद्रपुरका गल्लीहरुमा भक्का बेच्न राखिएका फुटपाथ पसलमा झुम्मिने गरेको पाइन्छ । पूर्वी नेपालको मौलिक सांस्कृतिक पहिचान नै बनिसकेको भक्काको रैथाने स्वादलाई प्रवर्द्धन गर्न झापामा बर्सेनि ‘भक्का दिवस’ समेत मनाउने गरिएको छ ।

  • झापा
  • तेह्रथुम
  • मोरङ
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेनी-दरवाङ सडक सञ्चालन

  • Post Thumbnail

    शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै

  • Post Thumbnail

    बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

  • Post Thumbnail

    आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    धान नफलेपछि माडीका किसान चिन्तित

    Post Thumbnail

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    Post Thumbnail

    पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

    Post Thumbnail

    बेनी-दरवाङ सडक सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution