Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (५५ मिनेट अघि)
Post Thumbnail

कर्णाली, १५ कात्तिकः भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पाको यात्रामा हिँडेका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा अलपत्र परेका थिए । अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका प्रमुख जिल्ला अधिकारी ढकालले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ । पर्यटकहरु फसेको ठाउँमा नेटवर्क नभएका कारण फोन सम्पर्क हुन सकेको छैन । उनीहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सम्पर्कमा रहेका छन् ।”

माथिल्लो डोल्पामा यही कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइए पनि उनीह अटेरी गर्दै त्यसतर्फ गएका थिए । प्रमुख जिल्ला अधिकारी ढकालले मौसम प्रतिकुलताका कारण सिर्जना भएका र हुन सक्ने जोखिमबाट सजग, सतर्क र सुरक्षित रहन सबैमा अनुरोध गर्नुभएको छ ।

  • कर्णाली
  • डोल्पा
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेनी-दरवाङ सडक सञ्चालन

  • Post Thumbnail

    जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

  • Post Thumbnail

    बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

  • Post Thumbnail

    आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बेनी-दरवाङ सडक सञ्चालन

    Post Thumbnail

    दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    Post Thumbnail

    जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

    Post Thumbnail

    शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution