
काठमाडौँ, १४ कात्तिकः मौलिक संस्कृति, धार्मिक परम्परा, ऐतिहासिक सम्पदा तथा कलाको अध्ययन र अनुसन्धानमा योगदान पुर्याएबापत प्रा डा वीणा पौड्याललाई ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ ।
दण्डपाणि अज्र्याल स्मृतिकेन्द्र, काठमाडौँले रु ५० हजार राशिको उक्त पुरस्कार यही कात्तिक २४ गते काठमाडौँमा आयोजना हुने प्रतिभा सम्मान समारोहमा प्रदान गर्ने निर्णय गरेको हो ।
केन्द्रका महासचिव कपिल चन्द्र खनालका अनुसार यही कात्तिक १३ गते बसेको कार्यसमिति बैठकले पौड्याललाई सम्मानपत्रसहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
देशको संस्कृति, कला, दर्शन, इतिहास, भाषा, साहित्यलगायत राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्याउने प्रतिभालाई केन्द्रले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।
यसअघि उक्त पुरस्कारबाट प्राज्ञ ज्ञानमणि नेपाल, प्रा दिनेशराज पन्त, प्राज्ञ सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्राज्ञ मदनमणि दीक्षितलगायत श्रष्टा सम्मानित भइसक्नुभएको छ ।
गोरखाको इतिहास, संस्कृति, शिक्षा तथा समाजसेवामा योगदान पुर्याएका दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६२ सालमा काठमाडौँमा दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र स्थापना गरिएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |