Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

पत्रकार जोशीको आख्यानात्मक कृति ‘बैसाखी’ को गृहविमोचन

पत्रकार यज्ञराज जोशीद्वारा लिखित पहिलो कृति ‘बैसाखी’को आज उहाँको गृहप्रदेश सुदूरपश्चिमको धनगढीमा ‘गृहविमोचन’ गरिएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, १४ कात्तिकः पत्रकार यज्ञराज जोशीद्वारा लिखित पहिलो कृति ‘बैसाखी’को आज उहाँको गृहप्रदेश सुदूरपश्चिमको धनगढीमा ‘गृहविमोचन’ गरिएको छ ।

सुदूरपश्चिम साहित्य समाज, धनगढीको संयोजनमा आज कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल, राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समिति सभापति धर्मराज पाठकलगायतले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको हो ।

त्यसक्रममा कथासङ्ग्रह ‘बैसाखी’ माथि चर्चा वक्ताहरूले कृतिमा गाउँपरिवेश, सामाजिक यथार्थ, महिला मनोविज्ञान तथा समाजका सीमान्तकृत पात्रका जीवन भोगाईलाई साहित्यिक शैलीमा प्रस्तुत गरिएको भन्दै प्रशंसा गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति नेपालले लेखक जोशीमा रहेको सिर्जनात्मक प्रतिभा, इच्छाशक्ति र लोकपरिवेशलाई साहित्यमा उतार्ने क्षमता बैसाखी कृतिमा देखिएको भन्दै लेखनलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले नेपाली साहित्य महाकाव्यको युगबाट आख्यानको युगमा प्रवेश गरेको भन्दै अब नदेखिएको र नलेखिएको विषय उजागर गरेमा मात्रै साहित्य फाँटमा पहिचान बनाउन सकिनेतर्फ सचेत रहन नवप्रतिभालाई आग्रहसमेत गर्नुभयो ।

“नेपाली साहित्यमा नयाँ प्रयोग र नयाँ कृति दिने अभ्यास विगतदेखि नै भइरहेको छ । पछिल्लो समय नवप्रतिभाहरूको आगमन पनि बढ्दैछ । त्यसमा सुदूरपश्चिमको पनि आफ्नै पहिचान र इतिहास छ”, कुलपति नेपालले भन्नुभयो, “त्यसैले समाजलाई दिशानिर्देश गर्नसक्ने कालजयी कृति र नलेखिएका विषयवस्तु कलात्मक तथा सरल रूपमा उजागर गर्ने श्रष्टा मात्रै टिक्ने अवस्था छ । यसमा ध्यान दिन आवश्यक छ । बैसाखीका लेखक जोशीमा मैले राम्रो सम्भावना देखेको छु ।”

मदन पुरस्कार विजेता लेखक एवं सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले पछिल्ला वर्षयता नेपाली आख्यान साहित्यको मूलधार सुदूरपश्चिममा फर्किएको धारणा राख्दै त्यसमा बैसाखीजस्ता कृतिहरूले थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिम कथाव्यथाको अथाह पोको भएको उल्लेख गर्दै त्यसलाई साहित्य सिर्जनामार्फत सम्भावनामा बदल्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

साहित्यकार तथा समालोचक गणेशराज जोशीले आख्यानात्मक कृति ‘बैसाखी’ कथावस्तु, पात्र, परिवेश, चरित्र र भाषाशैली प्रस्तुतिका हिसाबले पनि राम्रो रहेको बताउनुभयो । लेखकले मनोविज्ञान, प्रगतिशील साहित्यको जगमा म पात्रमार्फत यथार्थवादी धारलाई सशक्त रूपमा प्रस्तुत गर्दै समाजमा निरीह बनाइएका पात्रको योगदानलाई नयाँ ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । कतिपय प्रसङ्ग, शब्द, पात्रको सन्दर्भ र सिलसिला फरक परे पनि समग्रमा कृतिमार्फत आफूमा रहेको प्रतिभा र सम्भावनालाई उजागर गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बैसाखीभित्रको मानवधाम कथाकी पात्र कल्पना भट्टले अधिकांश साहित्यकारले महिलालाई नामबाटै निरीह पात्रका रूपमा प्रस्तुत गर्ने गरेको टिप्पणी गर्दै लेखक जोशीले पात्रको नाम छनोट र प्रस्तुतिमा पनि न्याय गरेको सुनाउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य मिश्र, प्रदेशसभा सामाजिक विकास समितिका सभापति पाठक, साहित्य समाजका उपाध्यक्ष टोपेन्द्र शाहलगायतले लेखक जोशीको लेखनयात्राको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा लेखक जोशीले आफूले सात वर्षको मेहनतपछि कृतिलाई पाठकमाझ ल्याउन सफल भएको यसमा सुदूरपश्चिमको माटो र परिवेश झल्किने बताउनुभयो ।

उहाँले सुदूरपश्चिमको समाज, तत्कालीन समय, आमाबुबाले बाँचेको जीवन, पत्रकारिता र साहित्य क्षेत्रमा जोडिने क्रममा देखेका, भोगेका र लेखेका पात्रलाई समेटेर पाठकसमक्ष पुर्‍याउने प्रयास गरेको बताउनुभयो ।

शिखा बुक्सबाट प्रकाशित ‘बैसाखी’ सङ्ग्रहमा विभिन्न १४ वटा कथा रहेका छन् भने यसको बजार मूल्य रु ५९५ रहेको छ । जोशी गोरखापत्र दैनिकको डोटेली मातृभाषा पृष्ठको संयोजक हुनुहुन्छ । विगत एकदशकभन्दा बढी समयदेखि पत्रकारितामा रहेर उहाँले विभिन्न सञ्चारमाध्यम काम गरिसक्नुभएको छ ।

  • कैलाली
  • गोरखा
  • राष्ट्रियसभा
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति

  • थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

    थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

  • Post Thumbnail

    वर्षाले सात घर–गोठमा क्षति

  • वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

    वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह

    Post Thumbnail

    चौबीस स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङको अग्रता

    Post Thumbnail

    देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution