
काठमाडौँ, १४ कात्तिकः कृषि विभागले धानबाली, फलफूल बगैँचा, नर्सरीहरू, तरकारी र उखुबाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न किसानलाई आग्रह गरेको छ ।
विभागले विकसित भइरहेको ‘अर्नब’ चक्रवातका कारण मौसममा आएको फेरबदललाई अध्ययन गरेर किसानलाई वर्षातको अवधिभर पशुचौपायालाई ओसारपसार नगर्न पनि आह्वान गरेको हो ।
विभागले कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रसँग समन्वय गरी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रमार्फत किसानलाई सचेत गराएको छ । मौसममा आएको प्रतिकूलता कारण खाद्य बालीमा हुने क्षति न्यूनीकरणका लागि बाली नकाट्न तथा भण्डार नगर्न सूचनासहितको एसएमएस किसानलाई पठाएर उच्च सतर्कता अपनाउन आग्रह गरिएको विभागले जनाएको छ ।
बिहीबारदेखि मौसममा आएको फेरबदलले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र केही स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको विश्लेषणका आधारमा विभागले नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकिएको तीन-चार दिनपछि मौसमको अवस्था हेरी काट्न भनेको छ । सातवटै प्रदेशका मन्त्रालयहरूलाई पत्राचार गरी स्थानीय तहका संयन्त्रमार्फत किसानलाई सचेत गराउन निर्देशन दिइएको जनाइएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |