Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रमः सेलरोटी र छोइलामा रमाए पाहुना

ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (२ घण्टा अघि)
ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रमः सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ, १३ कात्तिकः ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, बेल्जियमस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, नेपाललगायत सहभागी देशका शुभेच्छुक र सञ्चारकर्मीसहित करिब एक सय जनाको सहभागितामा भएको कार्यक्रममा बेल्जियम, द नेदरल्याण्ड्स र लग्जेम्बर्गका लागि नेपालका राजदूत सेवा लम्सालले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन, समृद्ध सम्पदा तथा आरोग्य पर्यटनका विशेषताबारे जानकारी गराउनुभयो ।

नेपालले सन् २०२७ लाई अन्तरराष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउन लागेको जानकारी दिँदै नेपालको आध्यात्मिक तथा आरोग्य पर्यटनको अनुभव लिन उहाँले सहभागीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिका युरोपेली बाह्य कार्य सेवाका उपमहानिर्देशक डोमिनिक पोर्टरले नेपालसहित दक्षिण एसियाली देशसँग युरोपेली सङ्घको सहकार्यबारे चर्चा गर्दै दिगो पर्यटन प्रवर्द्धनमा जोड दिनुभएको उक्त दूतावासले जनाएको छ ।

कार्यक्रममा भुटानका राजदूत छोक्की छोडेन, श्रीलङ्काका राजदूत चन्दना वीरसेना र माल्दिभ्सका राजदूत उज्मा फतिमथ धियाना आआफ्ना देशका पर्यटकीय विशेषताबारे जानकारी गराउनुभयो ।

औपचारिक कार्यक्रमपछि चारै देशका मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति गरिएको थियो । नेपालको लाखे नाच र परम्परागत धिमे बाजाको प्रस्तुतिले सहभागीको ध्यान आकर्षित गरेको थियो ।

कार्यक्रममा नेपालसहित चारै देशले आआफ्ना पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि छुट्टाछुट्टै प्रदर्शनी कक्ष राखेका थिए । नेपाली कक्षमा पर्यटनसम्बन्धी पुस्तिका, पोस्टर, नक्सा, मिथिला कला तथा हस्तकलाका सामग्रीका साथै पश्मिना, चिया र कफीलगायत नेपाली उत्पादन प्रदर्शन गरिएको थियो । नेपाली पर्यटनसम्बन्धी श्रव्यदृश्य सामग्री पनि प्रदर्शन गरिएको थियो ।

नेपाली पर्यटन कक्षमा सहभागीले विशेष चासो देखाउँदै दूतावासका प्रतिनिधिसँग नेपालको भ्रमणका अवसर र प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए । कार्यक्रममा सहभागी चारै देशले आआफ्ना परम्परागत परिकार पनि प्रस्तुत गरेका थिए । प्रत्येक देशले दुई प्रकारका परिकार प्रस्तुत गरेकामा नेपालका तर्फबाट सेलरोटी र छोइला प्रस्तुत गरिएको थियो । ती परिकार सहभागीले रुचाएका थिए ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

  • कृषि जेटिएको फूलखेती

    कृषि जेटिएको फूलखेती

  • Post Thumbnail

    मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

  • भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

    भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जडीबुटी बेचेर चार करोड राजस्व असुली

    Post Thumbnail

    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

    Post Thumbnail

    अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    Post Thumbnail

    ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution