
कर्णाली, १३ कात्तिकः कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु चार करोड राजस्व सङ्कलन गरेको छ ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट रु चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व सङ्कलन गरिएको छ । जडीबुटीमा प्रतिकेजी रु ५० राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट रु ९५ लाख ८५ हजार ४०० राजस्व सङ्कलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिनुभयो ।
यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट रु ८७ लाख ८८ हजार ८७५ राजस्व सङ्कलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर रु ७५ रहेको छ । यार्सागुम्बा (जीवनबुटी)बाट रु ७५ लाख ४४ हजार ३७१ राजस्व सङ्कलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी रु ३१ हजार राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताउनुभयो ।
उहाँका अनुसार राजस्व दर प्रतिकेजी रु ४० निर्धारण भएको ३४ हजार ४४५ केजी कटुसी बिक्रीबाट रु २३ लाख ८१ हजार ६८० राजस्व सङ्कलन भएको छ । प्रतिकेजी रु २५ राजस्व दर भएको सेतक चिनीबाट रु २० लाख ४६ हजार ५७५ राजस्व सङ्कलन भएको छ । सेतक चिनी कर्णालीबाट ४१ हजार ७३२ केजी बिक्री भएको थियो ।
प्रतिकेजी रु १० राजस्व दर निर्धारण गरिएको टिमुरबाट रु १९ लाख ३९ हजार ४००, प्रतिकेजी रु ५० राजस्व दर भएको सिलाजितबाट रु नौ लाख ७७ हजार ८५०, प्रतिकेजी रु २५ राजस्व दर भएको सुगन्धवालबाट रु नौ लाख ५० हजार ५८०, प्रतिकेजी रु तीन राजस्व दर भएको रिठ्ठाबाट रु नौ लाख ४७ हजार ८३८ राजस्व सङ्कलन भएको सूचना अधिकारी नेपालीले बताउनुभयो ।
उक्त आर्थिक वर्षमा जम्मा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी सङ्कलन गरिएकोमध्ये कर्णाली प्रदेशले १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जटीबुटी यहाँबाट निकासी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |