Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काभ्रेपलाञ्चोक

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायीलाई निर्देशन दिएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

काभ्रेपलाञ्चोक, १३ कात्तिकः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायीलाई निर्देशन दिएको छ ।

जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो । कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्नेगरी मिठाइको सोकेस वा काउन्टरमा राख्न निर्देशन दिइएको बताउनुभयो ।

अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ । तारेर वा पकाएर तयार गरिने मिठाइमा सिन्थेटिक खाद्य रङ प्रयोग नगर्न, मिठाइलगायत खाद्य पदार्थ प्याक गर्न छापिएका कागज तथा पत्रपत्रिका प्रयोग नगर्न र खाद्य पदार्थ तार्न एउटै तेल पटकपटक प्रयोग नगर्न व्यवसायीलाई सचेत गराइएको चापागाईँले बताउनुभयो । साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को पालना गर्न र गराउन पनि कार्यालयले निर्देशन दिएको छ ।

मिठाइमा प्रयोग भएका सामग्री तथा मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी उपलब्ध गराउने र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यसले उपभोक्तालाई आफूले खरिद गर्न लागेको मिठाइको गुणस्तर, प्रयोग भएका सामग्री र मूल्यबारे जानकारी लिएर खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । तिहार तथा छठपर्वमा अन्य समयको तुलनामा मिठाइको खपत बढी हुने गर्दछ ।

  • काभ्रेपलाञ्चोक
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कृषि जेटिएको फूलखेती

    कृषि जेटिएको फूलखेती

  • भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

    भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

  • नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

    नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

  • जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कृषि जेटिएको फूलखेती

    कृषि जेटिएको फूलखेती

    Post Thumbnail

    मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

    सामूहिक प्रयासमा फूलखेती

    सामूहिक प्रयासमा फूलखेती

    पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

    पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution