Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नेपालगन्ज

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ ।
रासस ११०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (२ घण्टा अघि)
नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

नेपालगन्ज (बाँके), १३ कात्तिकः बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ ।

गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई करसम्बन्धी कामका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

स्थानीय बासिन्दालाई करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले स्थानीयस्तरमै करदाता सेवा उपलब्ध भएपछि व्यवसाय दर्ता, स्थायी लेखा नम्बर (प्यान) प्राप्ति तथा करसम्बन्धी प्रशासनिक काम गर्न सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नरैनापुरका स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणले करसम्बन्धी सामान्य कामका लागि पनि नेपालगन्ज पुग्नुपर्ने अवस्था थियो । गाउँपालिकामै करदाता सेवा सुरु भएपछि स्थानीयलाई समय र खर्च बचत हुनुका साथै सेवा लिन सहज हुनेछ ।”

सेवा केन्द्रले आन्तरिक राजस्व कार्यालय नेपालगन्जअन्तर्गत पहिलो व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा नरैनापुर गाउँपालिका–२, बैउहवाकी जन्नतुल पठानिनलाई पहिलो प्यान प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

पठानिनले सञ्चालन गर्ने मदिना परफ्युम एन्ड जनरल स्टोरका लागि स्थायी लेखा नम्बर जारी गरिएको हो । उक्त व्यवसायले अत्तर तथा अन्य सुगन्धित सामग्री, सौन्दर्य प्रसाधन, साबुन र किरानाका सामानको थोक तथा खुद्रा बिक्री गर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत वलीले गाउँपालिकाभित्रै करदाता सेवा उपलब्ध हुँदा स्थानीय व्यवसायीलाई औपचारिक रूपमा व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन सहज हुने बताउनुभयो ।

“स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध हुँदा आर्थिक तथा प्रशासनिक काम सहज, छिटो र छरितो रूपमा गर्न सकिन्छ । यसले व्यवसायीलाई कानुनी प्रक्रियाअनुसार व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन थप प्रोत्साहन मिल्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले नरैनापुरका करदातालाई आफ्नै गाउँपालिकाबाट करसम्बन्धी सेवा उपलब्ध गराउने गरी केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । गाउँपालिकामै करदाता सेवा केन्द्र सञ्चालनमा आएपछि करसम्बन्धी कामका लागि नेपालगन्ज पुग्नुपर्ने समय र खर्च घट्ने अपेक्षा गरिएको छ ।

  • नेपालगन्ज
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कृषि जेटिएको फूलखेती

    कृषि जेटिएको फूलखेती

  • Post Thumbnail

    मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

  • भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

    भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

  • जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कृषि जेटिएको फूलखेती

    कृषि जेटिएको फूलखेती

    Post Thumbnail

    मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

    सामूहिक प्रयासमा फूलखेती

    सामूहिक प्रयासमा फूलखेती

    पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

    पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution