Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागमती

बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक भएको बताउनुभएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल

बागमती, १२ कात्तिकः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक भएको बताउनुभएको छ ।

बागमती विश्वविद्यालयद्वारा हेटौँडामा आयोजित दिवसीय ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिवसीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्याल सञ्चालन गर्दा औचित्य पुष्टि गर्ने गरी खोल्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयहरू भूगोलको आवश्यकताअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले खोलिएका विश्वविद्यालयले भूगोलको आवश्यकता उक्त क्षेत्रले खोजेको रोजगारी जस्ता विषयलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । सङ्घीय र प्रादेशिक विश्वविद्यालयबिचको सम्बन्ध तथा विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे देखिएको अन्योलता हटाउनुु आवश्यक भएको उल्लेख गर्दै उहाँले विश्वविद्यालय स्थापना पूर्वआयोगसँग परामर्श र समन्वय गरिएको भए वर्तमानमा देखिएका कतिपय समस्या उक्त समयमा नै समाधान हुन सक्ने बताउनुभयो ।

संविधानअनुसार प्रदेशमा एकभन्दा बढी विश्वविद्यालय स्थापना गर्न सकिने भए पनि आगामी दिनमा खुल्ने विश्वविद्यालयका विषयमा सुरुदेखि नै आयोगसँग समन्वय गर्नुपर्नेमा उहाँको जोड छ । शिक्षामा लगानी गर्ने कुरामा सरकार पछि नहट्ने बताउँदै मन्त्री पोखरेलले आवश्यकता र उपलब्ध स्रोतका आधारमा लगानी बढाइने धारणा राख्नुभयो । नतिजामुखी पाठ्यक्रमको निर्माण, प्रयोग र गुणस्तरको सुनिश्चितता सम्बन्धी व्यवस्था अब बन्ने ऐनमा स्पष्ट हुनु जरुरी रहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगार मात्र नभई समाजलाई योगदान गर्न सक्ने किसिमको हुनुपर्ने बताउनुभयो । हाम्रा शैक्षिक संस्थाहरू समाजको आवश्यकतासँग जोडिनुपर्ने बताउँदै उहाँले बजारको वर्तमानको मागसँगै भविष्यमा आवश्यक पर्ने जनशक्तिको अनुमान पनि गर्नुपर्ने बताउनुभयो । वर्तमान विश्व ज्ञान र नवप्रवर्तनमा आधारित भएको बताउँदै उहाँले समयको मागलाई आत्मसात् गर्नु आवश्यक हुने बताउनुभयो ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बागमती विश्वविद्यालयले समयसापेक्ष आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार गरी अध्ययनअध्यापन गराइरहेको बताउनुभयो । नेपालको शिक्षा प्रणालीमा गुणस्तर निर्धारण, नियन्त्रण तथा प्रवर्द्धन गर्ने स्वायत्त निकायको निर्माण हुन नसकेको उहाँले बताउनुभयो । शुक्रबारसम्म चल्ने कार्यशालामा प्रदेशगत प्रस्तुति, विषय क्षेत्रगत समूह छलफल र प्रस्तुतिसँगै प्रदेश विश्वविद्यालय फोरम गठनलगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

  • बागमती
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • दाङमा तिहारका लागि फूल तयार

    दाङमा तिहारका लागि फूल तयार

  • Post Thumbnail

    अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

  • Post Thumbnail

    झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

  • Post Thumbnail

    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

    Post Thumbnail

    न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution