Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ ।
रासस १२७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

भद्रपुर (झापा), १२ कात्तिकः विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ । विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा तालिम दिन लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलले पहिलो चरणमा २०० जना प्रतिनिधिमूलक शिक्षकलाई तालिम दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले विद्यालय तहबाटै लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण शिक्षकले समयमै पहिचान गर्नसके आवश्यक परामर्श र सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले लागुऔषध दुर्व्यसन नियन्त्रण प्रशासन वा सुरक्षा निकायको प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै शिक्षक, स्थानीय तह, नगर प्रहरी, समुदाय तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको जनाएको छ ।

अभियानलाई क्रमशः विस्तार गर्दै पुनःस्थापना केन्द्र (रिहाब सेन्टर)लगायतका संस्थालाई तालिम तथा अभिमुखीकरण प्रदान गरिनेछ ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागुऔषध दुव्र्यसन न्यूनीकरणलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षक, विद्यार्थी र समुदायका सबैपक्षको सक्रिय सहभागिताबाट मात्रै यसको रोकथाम प्रभावकारी हुने बताउनुभयो ।

प्रहरी र स्थानीय तहको सहकार्यमा विद्यालयमा लागुऔषध विरुद्धका पोस्टर टाँस्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काम निरन्तर भइरहेको जानकारी दिँदै उहाँले युवालाई लक्षित सचेतना कार्यक्रमलाई अघि बढाइने बताउनुभयो ।

छलफलमा शिक्षा विकास तथा समन्वय इकाइ, निजी तथा आवासीय विद्यालयका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता थियो ।

  • झापा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

  • Post Thumbnail

    जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

  • Post Thumbnail

    छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अधिकांश मानिस निद्रामैः स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    Post Thumbnail

    ह्विलचियर नहुँदा प्रकाशलाई समस्या

    Post Thumbnail

    आलेखः अलकत्राको विकल्पमा अब सिमेन्टको कङ्क्रिट

    Post Thumbnail

    एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution