Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ । गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन् ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
एनपिएल तेस्रो संस्करणः सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर, १२ कात्तिकः काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ । गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेशका खेलाडीहरु अहिले तेस्रो संस्करणका आठ वटै टिममा अनुवन्धित भएर क्रिकेटको भीडन्तमा छन् । सुदूरपश्चिमका नौ जिल्लामा सबैभन्दा बढी एनपिएलमा कञ्चनपुरका १३ जना खेलाडी मैदानमा रहेका कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष एवं क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

“सुदूरपश्चिम क्रिकेट मात्रै होइन प्रायः धेरै खेलको खेलाडी उत्पादनको थलोका रूपमा नतिजाबाट अग्रस्थानमा छ”, क्रिकेट सङ्घका केन्द्रीय सदस्य चन्दले भन्नुभयो, “खेल पूर्वाधारको अवस्था अझै दयनीय छभन्दा फरक पर्दैन ।” उहाँले बैतडीमा क्रिकेट मैदान भए पनि अन्य जिल्लामा काम चलाउ अवस्थामा प्रशिक्षण भइरहेको बताउनुभयो ।

सुदूरपश्चिम रोयल्समा कञ्चनपुरका कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, हेमन्त धामीर मिलन बोहरा छन् भने बैतडीका हिक्मत महरा र दीपक बोहरा रहेका छन् । त्यसैगरी अछामका सचिन भट्ट, कैलालीका टेक रावतर आयुब चन्द र डडेल्धुराका टेकराज थलाल रोयल्समा छन् ।

त्यसैगरी, कञ्चनपुरका सन्दीप जोरा, डोटीका शेर मल्ल, अछामका दिनेश अधिकारी र कञ्चनपुरका दिलीप नाथ लुम्बिनी लायन्सबाट एनपिएल खेल्दैछन् । कञ्चनपुरका विकास आग्री र आदित्य महता जनकपुर बोल्ट्समा अनुबन्धित छन् भने कञ्चनपुरका भीम सार्की र साजन गौतम एवं कैलालीका प्रसिद्ध जैसी काठमाडौँ गोर्खाजमा छन् ।

त्यसैगरी डोटीका लोकेश बम र कैलालीका नारायण जोशी र नरेन साउँद विराटनगर किङ्ग्सबाट एनपिएलको काठमाडौँमा जारी तेस्रो संस्करण खेल्दै छन् भने बझाङका युवराज खत्री कर्णाली याक्सबाट खेल्दै छन् । यता चितवन राइनोजमामा कञ्चनपुरका कमलसिंह ऐरी, कैलालीमा अर्जुन साउद र विपिन रावल बझाङका अशोक धामी र डडेल्धुराका दीपक बोहरा खेल्दै छन् । त्यस्तै पोखरा एभेन्जर्समा कञ्चनपुरका आकाश चन्द र किरण ठगुन्नाले एनपिएल खल्ने अवसर पाएका छन् ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष चन्दले हरेक वर्ष सुदूरपश्चिमले नयाँनयाँ प्रतिभावान खेलाडी उत्पादन गरिरहेको बताउनुभयो । “अहिले जारी एनपिएल खलिरहेका अधिकांश खेलाडीले यसअघिका दुई वटा संस्करणसमेत खेलिसकेका छन्”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमको क्रिकेट क्रेज त एनपिएलमा हुने सुदूरका दर्शकहरुले देखाइसकेका छन् ।”

उहाँले खेलाडी उत्पादनमा अग्रस्थानमा रहेको सुदूरपश्चिममा क्रिकेटको पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । “धनगढीको फाप्ला क्रिकेट मैदानमा चर्चा चुलिएको लामो समय भयो तर सम्पन्न भएको छैन”, चन्दले भन्नुभयो, “कञ्चनपुरको महेन्द्रमा २०७२ सालदेखि निर्माणाधीन क्रिकेट मैदान अझै अपूर्ण छ ।”

राष्ट्रिय खेलकुद परिषद्ले चालु आर्थिक वर्षमा महेन्द्रनगरको क्रिकेट मैदान निर्माणका लागि रु तीन करोड बजेट विनियोजन गरेकाले मैदानले पूर्णताः पाउनेमा आशा पलाएको चन्दको भनाइ छ । “महेन्द्रनगरमा निर्माणाधीन मैदानका लागि विनियोजित बजेटको ठेक्का प्रक्रिया हुने चरणमा छ”, उहाँले भन्नुभयो, “अब अर्को वर्षदेखि खेलाडीहरुले आफ्नै मैदानमा नियमित प्रशिक्षण र प्रतियोगिता खेल्न पाउनेमा आशावादी बनेका छौँ ।”

  • अछाम
  • कञ्चनपुर
  • काठमाडौँ
  • कैलाली
  • बझाङ
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

  • Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

  • Post Thumbnail

    पोखरामा कात्तिक १४ गतेदेखि राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

  • Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा कर्णालीलाई १८७ रनको लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

    Post Thumbnail

    न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution