
दमौली (तनहुँ), ११ कात्तिकः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पम्फा बोटे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलले पैदलयात्री बोटेलाई ठक्कर दिएर गम्भीर घाइते बनाएकामा निजको उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र सवार १८ वर्षीय मन्दीप घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |