
सुनसरी, ११ कात्तिकः कवि भुपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बुधबारको बैठकले दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुस्तकालयका अनुसार पुरस्कारको राशि रु दुई लाख र ताम्रपत्र रहेको छ । पुरस्कारका लागि स्वदेश तथा विदेशका लेखक, कवि र साहित्यकारद्वारा नेपाली भाषामा लेखिएका ५२ कृति प्राप्त भएका थिए ।
पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार दुवै कृतिका सर्जकलाई यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने कवि विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिनेछ ।
सोही अवसरमा पुस्तकालयले यसअघि छनोट गरेका उत्कृष्ट १० कवितामध्येबाट तीन विजेतालाई पनि पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु २१ हजार रु १८ हजार र रु १७ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी, पुस्तकालयले यस वर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस) सुनसरीका संवाददाता सङ्गीता राईलाई प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
महोत्सवका अवसरमा वरिष्ठ पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले सम्पादन तथा संयोजन गर्नुभएको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ शीर्षकको कविता सङ्ग्रह लोकार्पण गरिने छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |