
ताप्लजेजुङ, १० कात्तिकः ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मृगौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
समाजका महासचिव दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका–६ का दिनेश मादेनलाई रु ८० हजार तथा मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका मिङमा खाङ्डु शेर्पा र सोही वडाका मिङ्मा छेम्बी शेर्पालाई जनही रु ४० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
मादेनको मेरुदण्डमा समस्या देखिएपछि हाल काठमाडौँमा उपचार भइरहेको छ । त्यस्तै, मिङमा खाङ्डु मृगौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने मिङ्मा छेम्बी घाँटीको क्यान्सरको उपचार गराइरहनुभएको छ । सहयोग रकम समाजका महासचिव लिङ्खिमले बिरामीका आफन्त तथा प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो ।
ताप्लेजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका युवाको साझा संस्थाका रूपमा सन् २०२२ मा स्थापना भएको यस समाजले हालसम्म रु ४६ लाख आर्थिक सहयोग प्रदान गरिसकेको महासचिव लिङ्खिमले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |