Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

चितवन, १० कात्तिकः ‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् ।

एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन् । चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको औपचारिक जानकारी दिएको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय क्रिकेटमा अनुभवी ब्याटरका रूपमा परिचित मलानले गत संस्करणको एनपिएलमा पनि चितवन राइनोजबाट खेलेका थिए ।

इङ्गल्याण्डले सन् २०२२ मा ‘टि –२०’ विश्वकप हात पार्दा मलान महत्त्वपूर्ण सदस्य थिए । उनीे बायाँहाते ब्याटर र लेगब्रेक बलर हुन् ।

आजसम्म टेष्ट म्याचमा मलानको एक हजार ७४ रन रहेको छ र टेष्ट म्याचमा उच्चतम स्कोर १४० रहेको छ । यस्तै एकदिवसीयमा ३० खेल खेल्दै एक हजार ४५० रन पूरा गरेका छन् भने उनको एकदिवसीय खेलमा उच्च स्कोर १४० रहेको छ । त्यस्तै मलानले टि–२० मा ६२ खेल खेल्दै एक हजार ८९२ रन बनाएका छन् । उनको टि–२० को उच्चतम स्कोर १०३ रहेको छ । उनी आइसिसीको टी–२० अन्तरराष्ट्रिय वरियतामा शीर्ष स्थानमा पुगिसकेका खेलाडी हुन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ बनेको थियो ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएलमा आज दुईवटा खेल

  • Post Thumbnail

    लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

  • Post Thumbnail

    एनपिएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन

  • Post Thumbnail

    एनपिएलले नेपालको खेल पर्यटन र अन्तरराष्ट्रिय पहिचान बढाउँछः मन्त्री पोखरेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सौराहामा पर्यटकको चहलपहल बढ्यो

    सौराहामा पर्यटकको चहलपहल बढ्यो

    Post Thumbnail

    देव जातिको इतिहास लिपिबद्ध गरिँदै

    Post Thumbnail

    तुलसीपुरमा ५८९ मुद्दा दर्ता

    तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ

    तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution