Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नेपालगञ्ज

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

कोहलपुर नगरपालिका–११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल बस्नेत यतिबेला पान खेतीमा व्यस्त हुनुहुन्छ । उहाँले पाँच वर्षअघि एउटा मीठा पानको बिरुवा रोपेर खेती सुरु गर्नुभएको थियो ।
रासस ११७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ दिन अघि)
Post Thumbnail

नेपालगञ्ज (बाँके), १० कात्तिकः कोहलपुर नगरपालिका–११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल बस्नेत यतिबेला पान खेतीमा व्यस्त हुनुहुन्छ । उहाँले पाँच वर्षअघि एउटा मीठा पानको बिरुवा रोपेर खेती सुरु गर्नुभएको थियो । अहिले उहाँको घरमा पानको लहरा करिब तीन धुर क्षेत्रफलमा फैलिएको छ । सामान्य हेरचाह, कम्पोस्ट मल र पानीको प्रयोगबाट पात उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

पानको बिरुवालाई चिस्यानयुक्त र ओसिलो वातावरण आवश्यकपर्ने भएकाले उपयुक्त स्थान र खेती व्यवस्थापन गर्नसके बाँकेको हावापानी तथा भौगोलिक अवस्थाले उत्पादनमा बढावा दिनसक्ने उहाँको अनुभव छ ।

“एउटा बिरुवाबाट सुरु गरेको खेती पाँच वर्षमा तीन धुर क्षेत्रमा फैलिएको छ । रासायनिक औषधिको प्रयोग नगरी कम्पोस्ट मल र पानीबाटै पात उत्पादन भइरहेको छ । यसले बाँकेमा पनि पान खेतीको सम्भावना देखाएको छ”, बस्नेतले भन्नुभयो ।

उहाँका अनुसार नेपालमा धार्मिक, सांस्कृतिक कार्यमा पानको पातको नियमित माग रहे पनि स्वदेशी उत्पादन पर्याप्त नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था छ । स्थानीयस्तरमै व्यावसायिक उत्पादन गर्नसके किसानका लागि नयाँ आम्दानीको स्रोत सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा योगदान पुग्नसक्छ ।

बस्नेतसँग हाल करिब १० कठ्ठा क्षेत्रफलमा खेती गर्न पुग्ने पानका बिरुवा छन् । उहाँले पानखेती गर्न इच्छुक व्यक्तिलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले बाँकेमा यसको व्यावसायिक सम्भाव्यताको अध्ययन गरी उत्पादन विस्तारको योजना बनाउनेतर्फ लागिपरेको उहाँको भनाइ छ ।

पानखेतीको सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न सरकारी निकायको अनुसन्धान र प्राविधिक सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार व्यावसायिक उत्पादन सुरु गर्नुअघि माटोको अवस्था, तापक्रम, चिस्यान, उपयुक्त जात, रोगकीरा व्यवस्थापन तथा उत्पादन क्षमताबारे अध्ययन गर्न आवश्यक छ । त्यसैगरी बजारको माग, उत्पादन लागत, बिक्री मूल्य, पातको गुणस्तर, भण्डारण र ढुवानी व्यवस्थाबारे पनि स्पष्ट योजना बनाउनुपर्छ ।

घरायसी तहमा गरिएको नमुनाखेती सफल हुँदैमा ठूलो क्षेत्रफलमा उत्पादन पनि सफल हुन्छ भन्ने निष्कर्ष निकाल्न नसकिने उहाँको भनाइ छ । त्यसैले कृषि अनुसन्धान गर्ने निकायले परीक्षण गरी खेतीको उपयुक्तता र उत्पादन क्षमताबारे निष्कर्ष निकाल्नुपर्ने उहाँको धारणा छ ।

“सम्बन्धित निकायले अनुसन्धान गरेर पान खेतीको सम्भावना प्रमाणित गरिदिनुपर्छ । सरकारीस्तरबाट पहल र प्राविधिक सहयोग भए व्यावसायिक उत्पादन गर्न सकिन्छ । यसले किसानको आम्दानी बढाउनुका साथै विदेशबाट आउने पानको पातको आयात घटाउन पनि सहयोग गर्छ”, उहाँले भन्नुभयो । पानको पात नेपाली समाजमा विवाह, पूजाआजा, व्रतबन्धलगायतका शुभकार्यमा प्रयोग हुँदै आएको छ ।

बस्नेत पान खेतीको सम्भावना खोज्नेमै सीमित हुनुहुन्न । उहाँले कोदो, जङ्गली धानलगायतका बाली तथा लोपोन्मुख अवस्थामा रहेका मौरीका प्रजातिको संरक्षणमा काम गर्दै आउनुभएको छ । पुच्का, कचौरी, कालो भमरालगायतका प्रजाति तथा विभिन्न पक्षीको संरक्षणका लागि जिन बैंक निर्माण र संरक्षणमा उहाँ सङ्लग्न हुनुहुन्छ ।

परम्परागत कृषि ज्ञान, जैविक विविधताको संरक्षण र आधुनिक कृषि प्रणालीलाई जोडेर कृषि क्षेत्रलाई अघि बढाउनुपर्ने उहाँको मान्यता छ । पान खेतीको नमुना अभ्यासलाई वैज्ञानिक अनुसन्धान, सरकारी सहयोग र बजार व्यवस्थापनसँग जोड्नसके बाँकेका किसानका लागि नयाँ कृषि व्यवसायको बाटो खुल्नसक्ने उहाँको अपेक्षा छ ।

  • नेपालगञ्ज
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

    धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

  • संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

    संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

  • कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

  • Post Thumbnail

    कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि एक खर्ब ४० अर्बको परियोजना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो

    श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा

    श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा

    बाढीको असर सेवा प्रवाहमा

    बाढीको असर सेवा प्रवाहमा

    Post Thumbnail

    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution