Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (१ दिन अघि)
संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

म्याग्दी, ११ कात्तिकः कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहनुभएका श्रीस अहिले कृषि उद्यममा रमाउनुभएको छ ।

दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उहाँ अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त हुनुहुन्छ । गाउँ फर्किएर कृषि उद्यममा लाग्नुभएका श्रीसले आफ्नै श्रम र लगानीबाट स्वरोजगारको बाटो रोज्नुभएको हो ।

उहाँले श्रीस कृषि तथा पशुपन्छी फार्म स्थापना गरेर कृषि कर्म सुरु गर्नुभएको थियो । अहिले फार्ममा बाख्रापालन, सुन्तला खेती र मौरीपालन भइरहेको छ । उहाँका अनुसार कृषिमा आधारित उद्यम पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने राम्रो माध्यम हो ।

“नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो,” श्रीसले भन्नुभयो, “पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैँ अग्रसर भएको हुँ ।”

दुईवटा बाख्रा रु एक लाख लगानीबाट उहाँले छ वर्षअघि व्यवसाय सुरु गर्नुभएको थियो । अहिले फार्ममा ३० बाख्रा छन् । वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्नुहुन्छ । खरी र जमुनापारि जातका बाख्रा पाल्नुभएका उहाँले व्यावसायिक पशुपालनलाई निरन्तरता दिनुभएको छ ।

सुरुमा बाख्रापालन सहज भएन । ताराखोलाबाट किनेर ल्याएका बाख्रालाई स्थानीय हावापानी अनुकूल नभएपछि क्षति बेहोर्नुप¥यो । तर, उहाँले हिम्मत हार्नुभएन । व्यवसायलाई निरन्तरता दिनुभयो । अहिले उहाँको फार्म व्यवस्थित बनेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोर निर्माण गर्नुभएको छ ।

बाख्रापालनसँगै उहाँले सुन्तला खेतीलाई पनि विस्तार गर्नुभएको छ । परम्परागत खाद्यान्न खेती हुँदै आएको खेतबारीमा ३५० वटा सुन्तलाका बोट लगाउनुभएको छ । ती बोटले उत्पादन दिन थालेका छन् । खाली जमिनमा बाख्राका लागि आवश्यक घाँस पनि लगाउनुभएको छ । यसले पशुपालनलाई सहज बनाएको छ ।

उहाँले मौरीपालन सुरु गर्नुभएको छ । अहिले उहाँसँग १६ वटा मौरीका घार छन् । सिचाइका लागि निर्माण गरेको पोखरीमा माछा पाल्न थाल्नुभएको छ । मङ्गला गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान दिएको छ ।

श्रीसको कृषि यात्राले व्यक्तिगत आम्दानीमा मात्र सीमितता राखेको छैन । उहाँको अगुवाइमा नमूना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा लागेका छन् । यसले गाउँमा कृषि उद्यमप्रतिको आकर्षण बढाएको छ ।

बरंजाका किसान बाख्रापालनसँगै सुन्तला खेती र गाईभैँसीपालनमा संलग्न छन् । उनीहरूले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् । स्थानीयस्तरमै उत्पादन र बजारको सम्भावना देखिएकाले कृषिलाई आम्दानीको स्रोत बनाउन सकिने श्रीसको विश्वास छ ।

सुन्तला खेती विस्तार र बगैँचा व्यवस्थापनमा उहाँले सहयोग पाउनुभएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले श्रीससहित बरंजाका किसानलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारमा सहयोग गरेका छन् ।

मध्यमवर्गीय परिवारमा जन्मनुभएका श्रीसले आत्मनिर्भर बन्ने उद्देश्यले कृषि उद्यम रोज्नुभएको हो । केही समय उहाँले खाद्यान्न पसलको डिलरसमेत सञ्चालन गर्नुभएको थियो । तर, अहिले उहाँको मुख्य ध्यान कृषि र पशुपालनमा केन्द्रित छ ।

बिहान र बेलुका बाख्राको स्याहार तथा सुन्तलाका बोटको हेरचाहमा उहाँको समय बित्छ । फुर्सदको समय पनि फार्ममै बिताउनुहुन्छ । कृषि कर्मसँगै उहाँ स्थानीय सामाजिक गतिविधिमा समेत सक्रिय हुनुहुन्छ । परिवारका सदस्यले उहाँलाई साथ दिएका छन् ।

श्रीसको जीवनयात्रा भने कृषि उद्यमबाट सुरु भएको होइन । विद्यार्थी जीवनदेखि नै उहाँ नेकपा (माओवादी) मा आबद्ध हुनुभएको थियो । विसं २०५८ देखि भूमिगत राजनीतिमा सक्रिय हुनुभयो । तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा उहाँ राजनीतिक गतिविधिमा संलग्न रहनुभयो ।

विसं २०६३ मा उहाँ अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बन्नुभयो । त्यसपछि विसं २०६४ देखि २०७० सम्म पहिलो संविधानसभामा प्रतिनिधित्व गर्नुभयो । संविधानसभा सदस्यको कार्यकाल पूरा भएपछि उहाँ जन्मथलो बरंजा फर्कनुभयो । त्यसपछि कृषि उद्यमलाई जीवनयापनको आधार बनाउनु भएको हो ।

श्रीस अहिले पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । राजनीति र कृषि उद्यमलाई सँगसँगै अघि बढाउने उहाँको योजना छ । श्रीसको अनुभवमा कृषि उद्यमले उत्पादन मात्र बढाउँदैन, गाउँमै रोजगारी सिर्जना गर्न पनि मद्दत गर्छ । पहाडी क्षेत्रमा उपलब्ध जमिन, हावापानी र स्थानीय स्रोतको उपयोग गर्न सके किसानले आफ्नै गाउँमा आम्दानी गर्न सक्छन् भन्ने उहाँको विश्वास छ ।

  • म्याग्दी
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • मनास्लुको स्याउ गोदाममै थन्कियो

    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

    ‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

  • विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

    विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

  • आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    मनास्लुको स्याउ गोदाममै थन्कियो

    मनास्लुको स्याउ गोदाममै थन्कियो

    Post Thumbnail

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

    Post Thumbnail

    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution