Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (१ दिन अघि)
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर, ११ कात्तिकः गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन समस्या भोग्नुपरेको छ ।

धान खेतीका लागि वर्षभरि मेहनत गरेका किसानलाई बाली भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता परेको छ । वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवा बाहिरिएपछि किसानलाई मर्का परेको छ ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट बोकेर खलोमा पु¥याउने, झाँट्ने, बत्ताउने र घरसम्म बोकेर लैजाने काममा शारीरिक रूपमा बलियो जनशक्ति आवश्यक पर्ने भएकाले युवा अभावले किसानलाई समस्या भएको स्थानीय किसानको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईले वैदेशिक रोजगारी तथा सहर केन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति अभाव हुँदै गएको बताउनुभयो । पहिले गाउँघरमै पर्याप्त जनशक्ति पाइने गरेकामा अहिले धान थन्क्याउने समयमा कामदार खोज्न मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

“गाउँमा खेती गर्ने युवा घट्दै गएका छन् । धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पु¥याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ । तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो ।

हतुवागढी गाउँपालिका–२ लुङ्गिनका स्थानीय किसान जयबहादुर थापाले खेतीपातीको काम महिला र ज्येष्ठ नागरिककै भरमा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । युवा जनशक्ति गाउँमा नहुँदा परिवारका सदस्य मिलेर खेतीको काम धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

शारीरिक श्रम बढी लाग्ने भएकाले महिला र ज्येष्ठ नागरिकलाई कठिन हुने गरेको किसान बताउँछन् । जनशक्ति अभावमा परिवारकै सदस्यले बढी मेहनत गर्नुपर्ने र काम सम्पन्न गर्न समय लाग्ने गरेको छ ।

परम्परागत रूपमा गाउँघरमा एकअर्काको खेतीमा सघाउने चलन रहे पनि पछिल्लो समय युवा जनशक्ति घट्दै जाँदा मेलापातबाट काम सम्पन्न गर्न कठिन हुन थालेको छ । पहिले छिमेकी र आफन्त मिलेर पालैपालो धान काट्ने तथा थन्क्याउने गरिए पनि अहिले काम गर्ने मानिसको अभावले किसानले थप समस्या झेल्नुपरेको किसानको भनाइ छ ।

स्थानीय सरकारले युवालाई गाउँमै राख्न सक्दो पहल गर्नुपर्ने र आधुनिक कृषि प्रणाली अबलम्बन गर्न प्रेरित गर्नुपर्ने स्थानीय किसानको भनाइ छ ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • मनास्लुको स्याउ गोदाममै थन्कियो

    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

    ‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

  • विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

    विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

  • आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

    मनास्लुको स्याउ गोदाममै थन्कियो

    मनास्लुको स्याउ गोदाममै थन्कियो

    Post Thumbnail

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

    Post Thumbnail

    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution