
काठमाडौँ, ९ कात्तिकः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने बताउनुभएको छ ।
एनपिएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपिएलले अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्य दर्शाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “खेलप्रेमीको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठूलो आशा जगाएको छ । यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तरराष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु ।” प्रतियोगिताका लागि नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटका साथै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लैजाने अपेक्षा रहेको बताउनुभयो ।
साथै, उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीलाई उत्कृष्ट र रोमाञ्चक प्रदर्शनका लागि शुभकामना दिनुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |