Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ९ कात्तिक ः दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिनुभयो ।

दुई हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन् । उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन् ।

काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल सङ्लग्न रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर ७१, ६४ माइक्रोबस, ५४ बस ५४, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेका छन् । गत वर्ष दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजारबढी चालकमाथि कारबाही

दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधन चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन् ।

यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो ।

देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना

प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो । अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगबाट सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रयास गरेको थियो ।

दसैँपछि नजिकिँदै गरेका दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन गरिरहेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

  • Post Thumbnail

    बसको ठक्करबाट महिलाको मृत्यु

  • चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

    चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

  • Post Thumbnail

    चीनको छेन्दुमा चिनियाँ भाषामा अनूदित छ नेपाली पुस्तक लोकार्पित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पहाडी संस्कृति जोगाउन बुटवलमा सराय नाच

    Post Thumbnail

    एनपिएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन

    Post Thumbnail

    एनपिएलले नेपालको खेल पर्यटन र अन्तरराष्ट्रिय पहिचान बढाउँछः मन्त्री पोखरेल

    Post Thumbnail

    सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution