Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पोखरामा कोजाग्रत पूर्णिमामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारासहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदैछ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ८, शनिबार (१ दिन अघि)
Post Thumbnail

कास्की, ७ कात्तिकः ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारासहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदैछ ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा फेवाताल किनार बाराही घाटमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँको सांस्कृतिक र पारिवारिक माहोललाई पर्यटनसँग जोड्दै ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ पहिलोपटक गर्न लागिएको हो ।

महोत्सव अघि बिहान खहरेचोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन र्‍यालीको आयोजना गरिएको छ । र्‍यालीमा पञ्चेबाजा, विभिन्न पर्यटनसम्बद्ध सङ्घसंस्था, आमासमूह, स्थानीय समुदाय, सांस्कृतिक समूह तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।

“दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी विदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा यो महोत्सव गर्न लागेका हौँ । महोत्सवका सबै तयारी सकिएको छ”, संयोजक भण्डारीले भन्नुभयो ।

महोत्सवमा पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने तथा विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइनेछ । महोत्सवमा लोप हुन लागेको कबड्डी खेल, स्वदेशी तथा विदेशी पर्यटक दौड, मालश्री धुनलगायत साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

नेपाली मौलिक खानाका परिकार, कलासंस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटन सम्बद्ध व्यावसायिक गतिविधि पनि महोत्सवमा समेटिने भण्डारीले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोडेर पोखरामा महोत्सव आयोजना गर्नु यहाँको संस्कृति र पर्यटनलाई एकसाथ अगाडि बढाउने अवसर भएको बताउनुभयो ।

“दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो । यसलाई पर्यटनसँग जोडेर देशविदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ । यसबाट विदेशीलेसमेत हाम्रो संस्कृतिको अनुभव गर्न पाउनेछन्”, भुजेलले भन्नुभयो ।

ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर महोत्सवमा मिल्ने बताउनुभयो ।

ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकमाझ पुर्‍याउन महोत्सव सफल हुने बताउनुभयो । “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

महोत्सवमार्फत नेपाली मौलिकता अन्तरराष्ट्रिय पर्यटकमाझ पुर्‍याउन सकिने भन्दै उहाँले सबै पर्यटनसम्बद्ध संस्था, व्यवसायी, सञ्चारजगत् र सम्पूर्णको साथ आवश्यक रहेको बताउनुभयो ।

  • कास्की
  • बारा
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

  • पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

  • Post Thumbnail

    तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

  • दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत

    दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

    जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

    Post Thumbnail

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    Post Thumbnail

    सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला

    दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

    दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution