Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली तपाईंको घुमफिरको सूचीमा पर्न सक्छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

दमौली (तनहुँ), ८ कात्तिक : शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली तपाईंको घुमफिरको सूचीमा पर्न सक्छ ।

प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

बालबालिकालाई खेलाउने, प्रकृतिसँग रमाउने र परिवारका सदस्यसँग अविस्मरणीय समय बिताउने चाहना राख्नेहरूका लागि झाङ्गाझोली उपयुक्त विकल्प बन्न सक्छ । पृथ्वीराजमार्गको खैरेनीटार बजारबाट तीनखोलेदेवी मन्दिर जाने बाटोतर्फ साढे किलोमिटर अगाडि पुगेपछि यहाँ पुग्न सकिन्छ । कालोपत्रे सडक र पार्किङ सुविधाका कारण निजी सवारीसाधनमा परिवारसहित यात्रा गर्न सहज छ ।

घुमफिरसँगै ज्ञान र मनोरञ्जन

झाङ्गाझोलीको मुख्य आकर्षणमध्ये ‘गौरादेवी प्राकृतिक जडीबुटी उद्यान’ एक हो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएका छन् । रुद्राक्ष, तेजपात, श्रीखण्ड, अश्वगन्धा, तुलसी, नीम, टिमुर, कुरिलोलगायत वनस्पतिको अवलोकन गर्न सकिन्छ । बिरुवाको नाम र विवरणसहितका नेमप्लेट राखिएकाले बालबालिकाले घुम्दै नयाँ कुरा सिक्न सक्छन् । जनावरका आकर्षक मूर्ति, ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा, बाल उद्यान र हरियालीले यहाँको आकर्षण थपेका छन् । खोलाको आसपासको शान्त वातावरणमा परिवारसँग बसेर समय बिताउन र तस्बिर खिच्न पनि सकिन्छ ।

स्थानीय परिकारदेखि पारिवारिक जमघटसम्म घुमफिरसँगै स्वादिलो खानाको आनन्द लिन चाहनेहरूका लागि यहाँ लोकल कुखुरा र कालिजका परिकार उपलब्ध छन् । परिवार तथा आफन्तसँग बसेर खानपिन गर्ने, कुराकानी गर्ने र खुसी साट्ने वातावरणले यहाँको बसाइलाई थप रमाइलो बनाउन सक्ने सञ्चालक उज्वल पौडेलले बताउनुभयो ।

जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य पारिवारिक कार्यक्रमका लागि क्याम्प फायर र कार्यक्रम हलको सुविधा पनि उपलब्ध छ । एकै दिन घुमेर फर्किन वा रात बिताउन चाहनेका लागि वातानुकुलित कोठासमेत छन् । कोठाको शुल्क प्रतिरात दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म रहेको छ ।

‘परिवारसँग रमाउन झाङ्गाझोली उपयुक्त गन्तव्य’ झाङ्गाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक पौडेलका अनुसार परिवारसहित घुम्न आउनेहरूका लागि झाङ्गाझोलीमा मनोरञ्जन, प्राकृतिक वातावरण र खानपिनको सुविधा एकै ठाउँमा उपलब्ध छ ।

उहाँ भन्नुहुन्छ, “परिवारका सबै सदस्यसँग समय बिताउने, बालबालिकालाई रमाइलो गराउने र प्रकृतिको आनन्द लिने चाहना सबैको हुन्छ । झाङ्गाझोलीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आ–आफ्नै तरिकाले रमाउन सक्ने वातावरण छ । टाढा जान नभ्याउनेहरूका लागि पनि परिवारसँग एक दिन बिताउन वा रात बसेर रमाइलो गर्न यो राम्रो गन्तव्य बन्न सक्छ ।”

उद्यानका सञ्चालक बासुराज दाहालका अनुसार बिदाका दिन यहाँ पाँच सयभन्दा बढी र अन्य दिनमा करिब दुई सय आन्तरिक पर्यटक आउने गरेका छन् । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण गरिएको जडीबुटी उद्यान तथा अन्य भौतिक संरचनाले क्षेत्रको आकर्षण बढाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोली निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा स्थापना गरिएको उद्यानलाई जडीबुटी तथा वनस्पति संरक्षणसँगै शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

  • तनहुँ
  • दमौली
  • सिन्धुली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

    चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

  • Post Thumbnail

    अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

  • बाढी पहिरो प्रभावित स्थानमा  विद्युत आपूर्ति पूर्ववत्

    बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

  • शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

    शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

    जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

    Post Thumbnail

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    Post Thumbnail

    सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला

    दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

    दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution