Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (५ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, ३ कात्तिकः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिनै २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभाबित बनाउदै आएको छ । मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पु¥याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको सवारी चालक रवीन पुनले बताउनुभयो ।

“साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ,” उहाँले भन्नुभयो, “जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ ।” यसअघि बर्खायाममा खस्ने फापरखेतमा पछिल्लोपटक शनिबारदेखि निरन्तर सुख्खा पहिरो खसिरहेको छ । पहिरोका कारण दसैँ मनाउन जन्मथलो जानेहरुलाई सास्ती भएको छ ।

जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जा–सातबिसे हँुदै बाबियाचौर जोड्ने वैकल्पिक सडक मर्मत गरेर जिप, मिनिबस, ट्याक्टर, मोटरसाइकल र स्कुुटर चल्न सकने बनाइएको वडा सदस्य हरि गिरीले बताउनुभयो । घुमाउरो र एकतर्फी सडकमा यात्रा गर्न सर्वसाधारणलाई असहज भएको छ । कच्ची र साँघुरो सडकमा यात्रा गर्न जोखिम छ ।

म्याग्दी नदीमा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रशारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरुमा पनि पहिरोका कारण असर परेको छ । सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ । यसपाली नयाँ ठाउँमा जमिन चिरा चिरा परेर सुक्खा पहिरो खस्न थालेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ ।

पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी सडक पुल निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले गत आर्थिक वर्षमा बिनियोजन गरेको रु एक करोड बजेट प्राबिधिक समस्या देखिएपछि कार्यान्वयन हुन सकेन्,” उहाँले भन्नुभयो, “यसपालि रु १० करोड लगानीमा पक्की सडक पुल बनाउने लक्ष्यसहित प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको योजना कार्यान्वयनको प्रक्रियामा छ ।”

तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायातव्यवस्था मन्त्रीसमेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्री परिषद् बैठकले तीन वर्षअघि गरेको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण कार्यान्वयन भएको छैन । पहिरो नियन्त्रण तत्काल सम्भव नभएको अवस्थामा वैकल्पिक सडक र पहिरोको विकल्पमा यातायात सञ्चालनको डाइभर्सन बनाउनुपर्ने हुनसक्ने जुग्जालीको भनाइ छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले भने चालु आर्थिक वर्षभित्र नै फापरखेतको पहिरो नियन्त्रण गरिने घोषणा गर्नुभएको छ ।

केही दिनअघि म्याग्दीको विपद् प्रभावित क्षेत्रको निरीक्षणमा आउनुभएका मन्त्री पुनले सरोकारवालासँगको छलफलका क्रममा सङ्घीय सरकारले चालुु आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड बजेटबाट एक वर्षभित्र फापरखेत पहिरो नियन्त्रण गर्ने घोषणा दोहो¥याउनुभएको थियो ।

  • प्रतिनिधिसभा
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

    स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

  • साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह  गर्दै उद्यमी पन्त

    साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

  • Post Thumbnail

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

  • बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

    स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

    Post Thumbnail

    गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

    Post Thumbnail

    विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

    Post Thumbnail

    सडक दुर्घटनामा किशोरको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution