Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहनुभएको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (२ घण्टा अघि)
साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह  गर्दै उद्यमी पन्त

महेन्द्रनगर, ३ कात्तिकः कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहनुभएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी सेवामा ११ वर्ष बिताइसक्नुभएको छ । बितेका चार वर्षदेखि उहाँ महेन्द्रनगर बजारमा साइकलमा ड्रागन फ्रुट बिक्री गर्दै आउनुभएको छ।

“बिहान एक–डेढ घण्टा र साँझ ५ बजेपछि ड्रागन फ्रुट बिक्री गर्न साइकल लिएर बजारका गल्लीगल्लीमा पुग्छु”, पन्तले भन्नुभयो, “व्यापार गर्न गएको दिन दैनिक रु एक हजारदेखि एक हजार दुई सयसम्म नाफा हुन्छ ।”

उहाँले स्थानीय बजारका साथै दाङ, सुर्खेत, नेपालगञ्ज र डडेल्धुराबाट ड्रागन फ्रुट ल्याएर थोक तथा खुद्रा बिक्री गर्दै आउनुभएको छ ।

“बजारमा यसको माग पनि उच्च छ । कार्यालय समयबाहेकको फुर्सद सदुपयोग गर्न यो व्यापारमा लागेको हुँ”, उहाँले भन्नुभयो, “यो व्यापार सुरु गरेपछि तलब पनि बचत भएको छ । घरखर्च यसैबाट चलेको छ ।”

पन्तले रोजगारीका लागि भारतलगायत अन्य मुलुक जाने युवा पनि घुम्ती व्यापारबाट प्रेरित हुनुपर्ने बताउनुभयो । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उहाँको जोड छ ।

“विदेशमा निम्नस्तरको काम गर्न पनि पछि नहट्ने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “भारतमा मजदुरी गरिरहेका आफ्नै भाइ र बुहारीलाई पनि यही व्यापारमा लगाएको छु । बुहारीले पनि ड्रागन फ्रुट बेचेर मासिक रु ३० देखि ३५ हजारसम्म बचत गरेकी छन् । ” बजारको समस्या नरहेको बताउँदै उहाँले प्रतिकिलो रु ४५० देखि ५०० सम्ममा ड्रागन फ्रुट बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

युवा वर्ग कृषि, व्यापारलगायत आयमूलक काममा लाग्नुपर्नेमा जोड दिँदै उहाँ सरकारीस्तरबाट पनि युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ ।

  • कञ्चनपुर
  • महेन्द्रनगर
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

  • Post Thumbnail

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

  • बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

  • तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

    तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

    Post Thumbnail

    जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

    तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

    तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

    Post Thumbnail

    सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution