Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (१ दिन अघि)
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी, ३ कात्तिकः पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुु¥याएको बताउनुभयो ।

“रु ८० देखि ९० करोड क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुुरानै अवस्थामा ल्याउन थप रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र भएको सडकको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ ।”

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हँुदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा क्षति पुगेको छ । यसअघिका पहिरो र कटानको जोखिम भनिएका ठाउँका अलावा नयाँ ठाउँमा पनि कटान र पहिरो सिर्जना भएको छ ।

सङ्घीय सडक सुपरिक्षवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३÷०७४ मा सुरु भएको बेनी–जोमसोम–कोरला सडकमा हालसम्मकै धेरै क्षति भएको बताउनुभयो । योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीले म्याग्दी खण्डमा हालै स्तरोन्नति भएको सडकमा धेरै क्षति पुगेको बताउनुभयो ।

यसअघि एक घण्टा तीन मिनेट लाग्ने म्याग्दी खण्ड पार गर्न बाढी पहिरोपछि तीनदेखि चार घण्टा लाग्न थालेको छ । पर्वतको फर्से, केराबारी, लामाबगर, म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुुइठेभिर, खामभित्ता, सुकेबगर क्षेत्रमा पहिरो र कटानले ठूलो क्षति गरेको छ ।

कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलको अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ । पहिरो र कटान भएको ठाउँमा एकतर्फी गाडी चलाउन मिल्ने गरी मार्ग खोलिएको हुँदा सवारीसाधन फस्ने, जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । कोरला नाका जाने आउने कन्टेनर, नाकाबाट भित्र्ने सवारीसाधनदेखि मुस्ताङ जाने आउने पर्यटक र स्थानीयवासीको चाप धेरै हुने गरेको छ ।

कोरला नाका, पर्यटकीय र आन्तरिक यातायातका हिसाबले बेनी–जोमसोम–कोरला सडकलाई महत्वपूर्ण मानिएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्नुभएका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा सरकारले बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको थियो ।

  • पर्वत
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • बिक्रीमा जमरा

    बिक्रीमा जमरा

  • आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

    आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

  • आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

  • विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

    विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

    बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

    बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

    Post Thumbnail

    नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

    Post Thumbnail

    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution